प्रवास

घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको मूल्य २७३ ले बढ्यो

भारतले शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई शुक्रबार पठाएको हो। निगमका अनुसार अप्रिल १ तारिख (चैत १८ गते) आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य थोरै घटेको छ। आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नयाँ सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २ पैसाले बढेर आएको छ। निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसाले बढेर आएको… पुरा पढौ

गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते

काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ बिहीबार साँझ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो । गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट… पुरा पढौ

३ दिने भ्रमणका लागि प्रम देउवा आज भारत जाँदै

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भ्रमणका लागि आज (शुक्रबार) टोलीसहित भारत जाँदैछन्। देउवा ४ मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किन लागेका हुन्। देउवासँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा रहनेछन्। साथै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिर्सिङ पनि सहभागी हुनेछन्। सरकारले प्रधानमन्त्री देउवाले आजदेखि ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ।… पुरा पढौ

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उहाँले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए । अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक… पुरा पढौ

विमानको आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्। लाटम एयरलाइन्स एयरबस ए ३२०-२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो शहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ । फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घण्टा भन्दा… पुरा पढौ

नेपालका लागि अमेरिकी राजदूतमा थम्सन प्रस्तावित

अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ। लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन्। उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था छ। परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक… पुरा पढौ

पहिलो चरणको सैन्य हमला समाप्त, डोनबास स्वतन्त्र गर्न केन्द्रीत हुँदै रूसी सेना

रुसी सेनाले युक्रेनमाथिको पहिलो चरणको सैन्य हमला समाप्त भएको बताएको छ। रुसको ध्यान पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई स्वतन्त्रता दिने विषयमा केन्द्रीत हुनेछ। करिब एक महिना लामो सैन्य संघर्षपछि राजधानी किभ कब्जा प्रयास असफल भएपछि यस्तो धारणा सार्वजनिक भएको पश्चिमी शक्ति राष्ट्रहरुले अनुमान गरेका छन्। युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसी सेनालाई राजधानी वरपरलगायतका क्षेत्रमा भीषण प्रतिरोध गरेपछि रुसले आफ्नौ सैन्य रणनीति परिवर्तन गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले रुस–युक्रेन युद्धमा करिब १६ हजार रुसी सेनाको ज्यान गएको दाबी गरेका छन्।… पुरा पढौ

आईसीसी विश्व कप क्रिकेट लिग–२ः युएईसँग नेपालको लगातार हार

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय क्रिकेटमा नेपाल ९९ रनले पराजित बनेको छ। युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित बन्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। यस्तै, आरिफ शेख र सोमपाल कामी समान १५/१५ रन बनाएर आउट बने। बलिङतर्फ युएईका जुनेद सिद्दिकीले ४ विकेट लिए। यस्तै, काशिफ दाउद र अहमद राजाले समान २/२ विकेट लिए। यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि… पुरा पढौ

साफ यु–१८ महिला च्याम्पियनसीपः भारतसँग नेपालको फराकिलो हार

साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलमा नेपाल आयोजक भारतसँग पुनः पराजित भएको छ। जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले निराश बनायो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले १÷१ गोल गरे। नेपालका लागि सन्दीपा भोलानले १ गोल गरिन्। हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाइन्। लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाइन्। लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन्। ५६ औं मिनेटमा अनिता कुमारीले भारतका लागि चौथों गोल गरिन्। लिन्डाले ६२… पुरा पढौ

यु–१८ महिला साफ: नेपाल र भारत भिड्दै

भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) घरेलु टोलीको सामना गर्दैछ । जमसेदपुरमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ। भारतलाई आज हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ। तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन। डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसीपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो। भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ। तीन राष्ट्र सहभागी च्याम्पियनसीपमा नेपालले अंक जोड्न सकेको छैन। २ खेलमा अंकविहीन… पुरा पढौ