प्रवास

विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसंघीय एजेन्सीद्वारा सहयोग

काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ। संयुक्त राष्ट्रसंघीय प्रवक्ताले सो कुराको जानकारी दिएका छन्। उनका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन्। उनीहरु र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट त्यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन्। आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन्। उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका… पुरा पढौ

भारत र अफ्रिकामा कोभिसिल्ड खोप नक्कली भेटियो

भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो। डब्लुएचओका अनुसार ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेका हुन्। डब्ल्यूएचओले विज्ञप्ति जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो। विज्ञप्ति अनुसार कोभिसिल्ड निर्माता सेरम इन्लेस्टिच्युटले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको छ। डब्ल्यूएचओले नक्कली खोपले ‘विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने,’ चेतावनी दिएको छ। संगठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ। भारतीय… पुरा पढौ

भारतमा मङ्गलबार थप ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१४ प्रतिशत हो । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये… पुरा पढौ

तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने घोषणा, काममा फर्कन आग्रह

एजेन्सी । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ । “पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य… पुरा पढौ

अफगानिस्तानबाट १३४ नेपालीहरु सरकारको सम्पर्कमा

अफगानिस्तानमा तालिवान समुहले पकड जमाउँदा त्यहाँको राष्ट्रपति राष्ट्रपति घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छोडेर भागिसकेका छन्। तालिवान समुहले अफगानिस्तानको २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिदाँ अफगान नागरिक र सेनासमेत अन्यत्र पलायन भएको समाचारहरुमा उल्लेख छन्। अफागानिस्तान छाड्ने क्रममा त्यहाँको काबुल अन्तराष्ट्रिय विमानस्थलनमा भिड लागेकोा छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय निकायमा काम गर्ने नेपालीहरुको विषयलाई लिएर देशभित्र भने चिन्ता बढेको छ। अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा गरि १५ सय… पुरा पढौ

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्। राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन्। साथै तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेको समाचारहरुमा जनाइएको छ। समाचार अनुसार राष्ट्रपति घानीले देश छाडेपछि सहजै रुपमा तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको पनि जनाएको छ । पुरा पढौ

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न कार्यदल गठन

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन कार्यदल गठन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको हो। रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको… पुरा पढौ

अमेरिकी सैन्य टोली अफगानिस्तान पुग्यो

तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ। केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन्। उनीहरूले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन्। अफगानिस्तानमा संघर्षरत तालिवान लडाकूको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ। देशभरी रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकूको नियन्त्रणमा रहेको उनीहरूले घोषणा गरेका छन्। अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता… पुरा पढौ

तालिबान समूहलाई सरकारी कार्यालय कब्जा नगर्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन्। उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई आग्रह गरेका हुन्। उनले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गरेका छन्। महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनैपनि कार्यको सट्टामा शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न आग्रह गरेका हुन्। उनले वार्ताका लागि… पुरा पढौ