प्रवास

अमेरिकाको लुइजियानामाा विनाशकारी ‘आइडा’ आँधी, लाखौँ मानिस प्रभावित

अमेरिकाको लुइजियाना राज्यमा विनाशकारी आँधी आएको छ। १५० माइल प्रतिघण्टा (२४० किमी प्रतिघण्टा) दरले आएको क्याटगरी फोेरको ‘आइडा’ नामक समुद्री आँधीले लुइजियानाको तटीय क्षेत्र डुबाएको छ। ५ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बञ्चित भएका छन्। हजारौँ मानिस पलायन भएका छन्। मानिसलाई आँधी जादाँसम्मको अवस्थामा घरभित्रै बस्न सुझाव दिइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले ‘आइडा’ ‘जीवनका लागि खतरनाक’ हुनसक्ने भन्दै तटीय क्षेत्रभन्दा परपर पनि ठूलो क्षति हुनसक्ने बताएका छन्। उनले विद्युतको अभावमा हजारौँ घरमा आपूर्तिलाई पहिलेकै अवस्थामा ल्याउन केही हप्ता लाग्न… पुरा पढौ

यमनमा हुथी विद्रोहीको आक्रमणमा ३० जना सुरक्षाकर्मीको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा कम्तिमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा कम्तिमा ६० जना घाइते भएका छन्। साउदी अरब गठबन्धन नेतृत्वको सुरक्षाकर्मी बस्ने शिविरमा हुथी विद्रोहीले आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। यमनको दक्षिण सुरक्षाबलका एक जना प्रवक्ताले दक्षिणी यमनको लाहिज प्रान्तस्थित अल–अनद सैन्य शिविरमाथि हुथी विद्रोहीले आक्रमण गरेको बताएका छन्। प्रवक्ता मोहम्मद अल–नकीबले हुथी विद्रोहीले ब्यालेष्टिक क्षेप्यास्त्रले आक्रमण गरेको बताएका हुन्। प्रशिक्षणस्थलमा बिहानको अभ्यास गरिरहेका सुरक्षाकर्मीमाथि एउटा क्षेप्यास्त्र प्रहार गरिएको हो। प्रवक्ता अल नकीबले मृतकको संख्या बढ्न सक्ने… पुरा पढौ

भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १. ०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् । भारतमा दैनिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको र सङ्क्रमितको सङ्ख्या दैनिक… पुरा पढौ

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

तिराना । अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ । प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो । सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ । मृतकको सङ्ख्या पनि अहिले बढेको छ । पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका… पुरा पढौ

काबुलमै अड्किएका ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार गर्न र काबुलमै अड्किएर बसेका ४२ नेपाली उडानको प्रतीक्षामा छन्। अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेको सरकारले जनाएको हो। कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका जनाइएको हो। तर, त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ। अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा… पुरा पढौ

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा १७ सयको उद्धार

अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् । उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्न लागेको छ । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौँ… पुरा पढौ

बेलायतमा २९ अगष्टमा आइतवार भव्य रुपमा नेपाली मेला हुँदै

लन्डन । तमुधि यूकेले आउंदो साता २९ अगष्ट आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण हो, जसमा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव ‘मेलाको प्रमुख ‘थिम’ छ । आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष… पुरा पढौ

गाइजात्रामा ‘चाइनिज जनै’ गाइजात्रे कविता

आज गाइजात्रा पर्व। हरेक वर्षको भाद्र प्रतिपदाको दिन मनाइने ‘गाइजात्रा’ पर्वलाई व्यंग्यात्मक प्रहसन अनि प्रदर्शनका रुपमा पनि मनाइन्छ। सामाजिक विकृति एवं विसंगतिप्रति व्यंग्यात्मक प्रहसन गरिन्छ। पछिल्लो समय, गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य सिर्जना र रचनाहरुलाई प्रकाशन र प्रहसन गर्ने प्रचलन छ। हरेक वर्ष गाइजात्रा आउने गर्छ। अर्थात, हरेक वर्षको ऋषितर्पणी एवं जनैपूर्णिमाको भोलीपल्ट गाइजात्रा उत्सव पर्दछ। यस वर्ष पनि हिँजो (आइतबार) जनैपूर्णिमा थियो। त्यसको भोलीपल्ट आज… पुरा पढौ

१३ दिनपछि तोडियो भूतपूर्व गोर्खाहरुको अनसन

समान पेन्सन लगायतको माग गर्दै १३ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ। बेलायत सरकार र अनसन बसेका भूपू गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएको छ। टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले… पुरा पढौ