अफगानिस्तानका राहत कर्मीहरुले झण्डै ४ करोड जनसंख्यामध्ये १ करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ। देशभरि लडाइँ फैलिँदै जाँदा १ करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्यांकन गरिएको राष्ट्रसंघका मानवीय सहयोगमामिला अधिकारीले बताएका हुन्। संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसीएचए) ले भनेको छ, ’द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन्।’ ओसीएचएले अगाडि भनेको छ, ‘विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रीत गर्दै…
पुरा पढौ