प्रवास

जापानमा मिरिना आँधी, मानिसहरुलाई सुरक्षित स्थलतर्फ जान आग्रह

जापानको पूर्वी तट नजिकै मिरिना आँधी गएको छ। आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ। चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, ‘आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ।’ यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ। आँधी प्रभावित… पुरा पढौ

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्कीआएको छ। धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ। एक अधिकारीका अनुसार अलकायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो। एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो। धम्कीबारे सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ। साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ। जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ। यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो। त्यतिबेला बैंग्लोरदेखि दिल्ली आउने विमान एक… पुरा पढौ

तालिवान लडाकुद्वारा ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा

अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा ४ वटा प्रान्तीय राजधानी कब्जा गरेको छ। समाचार अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन्। आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन्। त्यसअघि, उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए। शुक्रबार सुरुमा उनीहरुले निम्रोज प्रान्तको राजधानी जारन्ज कब्जा गरेका थिए। त्यसयता लगातार ४ राजधानी कब्जा गरेका छन्। पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र नियन्त्रण गर्दै आएको सो समूह अब शहर कब्जा गर्ने रणनीतिका साथ अघि… पुरा पढौ

सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनी विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन्। दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपीएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा २ उच्च सैनिक अधिकारीसहित दर्जनाँै सरकारी सेनाको मृत्यु भएको माचरका सैनिक प्रवक्ताद्वारा जारी एक वक्तव्यमा उललेख गरिएको छ। झडपमा प्रतिद्वन्द्वी सैन्य लडाकूको पनि ठूलो समूहलाई क्षति पुगेको उनले बताए। माचरका प्रतिद्वन्द्वीहरूले यस हप्ता पार्टी र यसका सैन्य बलको प्रमुखको रूपमा उनलाई पदबाट हटाइएको घोषणा गरेपछि झगडा… पुरा पढौ

राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पाकिस्तानमा भएको हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ। परिषदले एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतंकवादी हमला भएको बताएको छ। पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतंककारी हमला भएको थियो। त्यस आक्रमणमा परेर ९ जना चिनियाँ नागरिक र ३ जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो। गएको जुलाई १४ मा भएको सो आतंककारी हमला मानवताविरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो… पुरा पढौ

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन्। अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन्। अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकाले अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले अफगानिस्तानमा आफ्ना नागरिकहरुलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ। काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण… पुरा पढौ

भीम र बसन्तीलाई एनआइटीएफको उत्कृष्ट खेलाडी अवार्ड

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डसहित पुरस्कार प्रदान गरेको छ। नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको २ फरक संस्करणमा स्वर्ण जितेका थिए। एनआईटीएफको २४ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो। सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए। शाहीले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे। काठमाडौंका… पुरा पढौ

जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन्। जेल जीवन बिताइरहेका जुमाको स्वास्थ्यमा गडबडी देखिएपछि चिकित्सकको निगरानीमा रहन शुक्रबार अस्पताल भर्ना गरिएको हो। ‘पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो’, एक अधिकारीले संचारकर्मीसँग भनेका छन्। पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो। भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेर जेल गएका थिए।… पुरा पढौ

अफगानिस्तानमा सरकारको मिडिया प्रमुखको हत्या

अफगानिस्तानमा सरकारको मिडिया प्रमुखको हत्या गरिएको छ। अफगान सरकारको सूचना तथा मिडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो। समाचारहरुका अनुसार तालिबान लडाकूहरुले शुक्रबार मिनापालको हत्या गरेका हुन्।अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता मिरवाइज स्तेनकजईका अनुसार अज्ञात बन्दूकधारीले शुक्रबार दिउँसो नमाज पढिरहेका समयमा मिनानपालको हत्या गरेको समाचारमा उल्ल्ेख छ। मिनापाल यसअघि अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा काम गरिसकेका थिए। हत्याको जिम्मेवारी तालिबानले लिएको छ। बीबीसी पुरा पढौ

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए

अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन्। मुलुकका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन्। विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन्। लडाकूको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिबारे प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ। अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी… पुरा पढौ