प्रवास

कोरोना कहरः जापानको अन्य ४ क्षेत्रमा पनि संकटकाल

ओलम्पिक खेलकूद प्रतियोगिता संचालन भइरहेको जापानका अन्य ४ क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ। यसअघि टोकियो र ओकिनावामा संकटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि संकटकाल लगाइएको हो। कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि संकटकाल लगाउनुपरेको जापानी अधिकारीहरुले जनाएका छन्। टोकियोबाट नजिकै रहेको क्षेत्रमा संकटकाल लगाइएको हो । संकटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ। टोकियो र ओकिनावामा लगाइएको संकटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ। जापान सरकारले संकटकालसँगै महामारी नियन्त्रणका… पुरा पढौ

नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेशमा रोक

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड संक्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ। पछिल्लो समय कोरियामा संक्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो। दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ। कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९ संक्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो। मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन। दक्षिण… पुरा पढौ

नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेको राज्यद्वारा संचालित संचारमाध्यमले जनाएको छ । यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गरेका हुन्। गत मे महिनामा भएको निर्वाचनमा उनी फेरि राष्ट्रपतिका लागि निर्वाचित भएको घोषणा गरिएको थियो। राष्ट्रपति असदले गत अगस्टमा अर्नौसलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन्… पुरा पढौ

यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टाइन बस्न पर्दैन

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताएका छन्। उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ। यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ। युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ। तर, यात्रा गर्नु अघि र बेलायत आएको… पुरा पढौ

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

कोभिडको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको छ। भारतलाई ती देशहरूले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए। महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भोगेको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो। सुरुमा विभिन्न अभाव र समस्या भएपनि आन्तरिक स्रोतको व्यवस्थापन एवं बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको भारतीय अधिकारीहरूले जनाएका छन्। राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरूको सहयोगप्रति धन्यवाद… पुरा पढौ

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्ल्यूएचओ

विश्वभरि कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए। संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ। पछिल्लो हप्ता दैनिक विश्वभरि ५ लाख ४० हजार संक्रमित भएका छन्। त्यसअघि, ४ लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्ल्यूएचओको… पुरा पढौ

भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु

नयाँ दिल्ली। भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२… पुरा पढौ

ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या अझै घटेन, एक दिनमै १ हजार ३४४ को मृत्यु

साओ पाओलो। ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या… पुरा पढौ

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

बर्लिन। जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएका हुन्। स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो । त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि… पुरा पढौ

भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित

नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ । सोमबार २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ६४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना… पुरा पढौ