प्रवास

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

बेइजिङ। कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र… पुरा पढौ

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबानको माग

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा त्यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ। अमेरिकी सेनाको आगमनसँगै करिब २ दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताएका छन्। शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु… पुरा पढौ

तालिबानलाई सहर पस्नबाट रोक्न अफगानिस्तानमा कर्फ्यू जारी

अफगानिस्तान सरकारले तालिबानको आक्रामकतालाई ध्यानमा राख्दै लगभग पूरै अफगानिस्तानमा कर्फ्यू लागू गरेको छ। यसको उद्देश्य तीव्र गतिमा अघि बढिरहेको तालिबान लडाकुहरूलाई सहरमा पस्नबाट रोक्नु हो। काबुलसमेत दुई अन्य प्रान्त छाडेर अफगानिस्तानमा राति १० बजेदेखि लिएर बिहान ४ बजेसम्म कुनै प्रकारको आवागमनलाई बन्देज लगाइएको छ। अमेरिकी र नेटोका सेना फिर्ता हुन थालेपछि पछिल्लो २ महिनामा तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सुरु गरेको छ।तालिबानले अहिलेसम्म आधा अफगानिस्तानमा कब्जा जमाइसकेको बताइन्छ। स्पिन बोल्डान इलाकादेखि लिएर कयौँ जिल्लामा दुई पक्षबीच लगातार भिडन्त जारी रहेको… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमण दर २.३१ प्रतिशत, चार करोड ३३ लाखभन्दा बढी खोपबाट लाभ लिन सफल

नयाँ दिल्ली। भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ । भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ । मन्त्रालयका अनुसार भारतमा… पुरा पढौ

कोरोनाले विश्वमा हालसम्म ४१ लाख ३६ हजारको मृत्यु

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५ सय १८ पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।विश्वमा हालसम्म १९ करोड २२ लाख ८४ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। पुरा पढौ

भौतिक तथा मानविय संसाधनको अभावका कारण अनुगमनमा समस्या

पोखरा । भौतिक तथा मानविय संसाधनको अभावका कारण कार्यक्रमहरुको अनुगमनका लागि समस्या भएको पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको आयोजनामा सम्पन्न गत आर्थिक वर्ष २०७७–०७८ को वार्षिक समिक्षा गोष्ठीमा सहभागी गण्डकी प्रदेशका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुले यस्तो बताएका हुन् । विषेशगरि विभिन्न जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुमा सवारी साधनहरुको अभाव हुँदा कार्यक्रमहरुको कार्यान्वयन र निरीक्षणमा समस्या हुने गरेको उनीहरुले… पुरा पढौ

इक्वेडर जेलमा २ कैदी समुहबीच झडप हुँदा २२ को मृत्यु

दक्षिण अमेरिकी मुलुक इक्वेडरका २ जेलमा बिहीबार कैदीबीच झडप हुँदा २२ जना मारिएका छन्। मृतक सबै कैदी हुन् भने कयौँ प्रहरी पनि घाइते भएका छन्। इक्वेडरको राजधानी किटोभन्दा दक्षिणमा रहेका गुएयाज र कोटोपासी प्रान्तका जेलमा झडप भएका हो। गत फ्रेबुअरीमा पनि इक्वेडरका ३ जेलमा झडप भएका थियो। जसमा परी ७९ ले ज्यान गुमाएका थिए। त्यसबखत झडप भएका जेलहरूमध्ये २ गुएयाज र कोटोपासी प्रान्तमै रहेका थिए। इक्वेडरमा पटक पटक ‘राइभल ग्याङ’ हरूबीच झडप हुने गरेको छ। यसपटक पनि २ फरक समूह… पुरा पढौ

सिरियामा ४ दिनदेखि लगातार इजरायली मिसाइल आक्रमण

इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ। इजरायली सेनाले सिरियामाथि ४ दिनदेखि लगातार मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ। इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन्। बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले लगातार मिसाइल हानेको उक्त समाचारमा उल्लेख छ। सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको ४ दिनदेखि लगातार यहाँ हमला गरेको छ। यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ। बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर… पुरा पढौ

राष्ट्रपतिका रुपमा सी चिनफिङ पहिलो पटक तिब्बतमा

चीनका राष्ट्रपति सी चिनफिङले गत बुधबार र बिहिबार स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन्। राष्ट्रपतिको हैसियतमा चिनफिङको यो पहिलो तिब्बत भ्रमण हो। चिनफिङले पछिल्लो पटक सन् २०११ मा तिब्बत भ्रमण गरेका थिए। त्यसबखत उनी उप–राष्ट्रपति थिए। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति चिनफिङ बुधबार हवाइजहाजमार्फत न्यान्ची सहर पुगेका थिए। त्यहाँबाट रेलमा चिनफिङ तिब्बती राजधानी ल्हासा पुगे। सिचुवानबाट तिब्बतसम्म संचालन सो रेल अत्यन्तै ठूलो उचाई हुँदै गुड्ने गर्दछ। ल्हासामा चिनफिङले पोताला दरबार सहित विभिन्न गुम्बाको भ्रमण गरेको बताइएको छ। पोताला दरबारलाई… पुरा पढौ

विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।कोरोनाविरुद्ध खोप लगाएका १० देशको तथ्यांकहरु यसप्रकारछन्। चीनमा १ अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १ सय २५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९ सय डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। त्यस्तै,… पुरा पढौ