प्रवास

श्रीलंकामा बेपत्ता पारिएका नागरिकको संख्या विश्वकै दोस्रो नम्बरमाः एम्नेस्टी इन्टरनेशनल

दशकौँको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलंकामा हजारौँ मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्यांकमा जनाएको छ। श्रीलंकाको महान्यायाधिवक्ताको कार्यालयले बुधबार ११ तमिल युवाहरूको सन् २००८ र २००९ मा भएको अपहरणमा पूर्व नौसैनिक कमान्डर वसन्ता करणागोडाविरुद्ध उनको कथित भूमिकामाथि आरोप नलगाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय विश्वव्यापी मानव अधिकार निकायले यो बताएको हो। ‘नाभी ११’ नाम दिइएको उक्त घटनामा सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रण रहेको समय बेपत्ता पारिएको थियो। यसको पछाडि श्रीलंकाको नौसेना रहेको आरोप लागेको छ। ‘नाभी ११’ ले सन्… पुरा पढौ

बंगलादेशको विवाहमा सरिक जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, १४ घाइते

बंगलादेशको एक विवाहमा सरीक जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ। तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो। उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्। बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ। सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो। उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको… पुरा पढौ

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको समाचारहरुमा बताइएको छ। त्यहाँ २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ३८ जनाको ज्यान गएको समाचारहरुमा जनाइएको छ। यो मृत्यु गएको ५ महिनापछिको नै सबैभन्दा बढी हो। यसअघि गएको मार्च १७ पछि त्यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो। त्यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ। त्यहाँ अहिलेसम्म एक लाख २९ हजार ८ सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ। पछिल्ला केही हप्तामा फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको… पुरा पढौ

लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्ता व्यक्त गरेको छ। त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ। गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ। त्यसैगरी, यहाँ पछिल्लो समयमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण पनि अवस्था निकै गंभीर हुँदै गएको पनि त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघले… पुरा पढौ

बन्दुक उत्पादक अमेरिकी कम्पनी विरुद्ध मुद्दा, रक्तपातलाई सहयोग गरेको मेक्सिकोको आरोप

मेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ। लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ। मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ। मेक्सिकोले जति दाबी गरेपनि क्षतिपूर्ति वा जरिवाना कति हुने भन्ने अदालतले निर्धारण गर्ने छ। आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन्। स्मीथ एण्ड वेसन, बारेट फायरआम्र्ससहितका कम्पनीविरुद्ध मुद्दा दायर… पुरा पढौ

युएई सरकारले नेपाल र भारतसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउँदै

संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ। कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने–जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो। यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा छन्। यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीइएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ, ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्।’… पुरा पढौ

ओमानको खाडीबाट एक पानीजहाज हाइज्याक, इरान लगिँदै

पानामाको झण्डा भएको एक पानीजहाजलाई ओमानको खाडीबाट हाइज्याक गरेर इरान लगिँदै छ। बन्दुकधारीको एक समूहले जहाजलाई हाइज्याक गरेर इरानतिर लिइरहेको लोइड मेरिटाइम इन्टेलिजेन्सको भनाइलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ। बिटुमेन ट्याङ्कर एमभी अस्फाल्ट प्रिन्सेस् नाम गरेको जहाज स्टेट अफ हर्मुजतर्फ अगाडि बढीरहेको जनाइएको छ । जहाजलाई कसले हाइज्याक गरेको भन्नेबारे प्रष्ट नभए पनि यसमा इरानको हात रहेको आशंका गरिएको छ । एक हप्ताअघि मात्रै इजरायली तेल ट्याङ्करमा ड्रोन हमला भएको थियो जसमा बेलायती र रोमनियन दुई जना सुरक्षागार्डको ज्यान गएको… पुरा पढौ

अफगान रक्षामन्त्रीको निवासमा आक्रमण, ४ जना मारिए

बन्दुकधारीले अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको निवासमा आक्रमण गरेका छन्। आक्रमणको बेला रक्षामन्त्री खान निवासमा नरहेको बताइएको छ। मन्त्रीको परिवारका सदस्यलाई सुरक्षित रुपमा त्यहाँबाट उद्धार गरिएको थियो। बन्दुकधारीले गोली हान्दै मन्त्रीको निवास प्रवेश गरेपछि सुरक्षा फौजले जवाफी कारबाही गर्दा ४ जना बन्दुकधारी मारिएका छन्। उनीहरुले मन्त्री निवासभित्र कारबम बिस्फोट गराउन खोजेको थिए। रक्षामन्त्री निवास अफगानिस्तानको सबैभन्दा सुरक्षित स्थल ‘ग्रिन जोन’ भित्र पर्छ। अफगानिस्तानका अलगअलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा… पुरा पढौ

‘अंगरक्षक आउने आशामा उहाँ मारिनुभयो’

ग्त महीना आफ्नै शयनकक्षमा जब हाइटीका राष्ट्रपति निर्ममतापूर्वक मारिँदै थिए, एक मात्र प्रत्यक्षदर्शी त्यहाँ थिइन्। घटनाबारे उनलाई जति राम्रोसँग थाहा छ, अरुलाई छैन। जुलाई ७ मा मार्टिन मोइज आफ्ना पति जोभेनेल मोइजको शवसँगै रगत बगिरहेको बेला त्यही शयनकक्षमा अर्को बिहान भेटिएकी थिइन्। रहस्यमयी हत्याबाट उनी बाँचिन् तर, हत्यारालाई न्यायको कठ्घरामा ल्याउनुपर्ने भन्दै सुरु भएको खोजीमा उनले आवाज उठाएकी छिन्। आइतबार दक्षिणी अमेरिकी राज्य फ्लोरिडामा सीएनएसँग अन्तर्वार्ता दिँदै गर्दा मोइजले पाखुरामा कालो पट्टी बाँधेकी थिइन्। उनको माग थियो, ‘हत्यारालाई पत्ता लगाएर… पुरा पढौ

अमेरिकामा हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु

अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा भएको एक हेलिकोप्टर दुर्घटनामा परी ४ व्यक्तिको मृत्यु भएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ। हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ। कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ। यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन। पुरा पढौ