मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मंगलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ। उनलाई २ व्यक्तिले आक्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले बताएको छ। आक्रमणकारी २ व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय संचारमाध्यमले जनाएका छन्। अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो। एक संचारकर्मीका अनुसार गोइतालाई घटनास्थलबाट अन्यत्र जाने व्यवस्था मिलाइएको छ। उनी घाइते भएको वा नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन। राष्ट्रपति…
पुरा पढौ