इराकसँग मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ। शनिबार इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग ६–२ ले हारेको हो। इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल खायो। इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले २ गोल गरे। त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले १÷१ गोल गरे। नेपालका मनीष डाँगीले १ गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफले १ आत्मघाती गोल गरेका थिए। मनीषले राष्ट्रिय टोलीबाट डेब्यु…
पुरा पढौ