प्रवास

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ। प्रतियोगितामा सहभागी भएकामध्ये अरु ५ जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन्। चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो। प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ। पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३… पुरा पढौ

उत्तरी इटलीमा केबल कार दुर्घटना, ८ जनाको मृत्यु

इटलीको उत्तरी क्षेत्रमा एउटा केबल कार दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको जनाइएको छ। इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी ताल नजिक एउटा केबल कार खस्दा कम्तीमा ८ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।यस पहिले मृतक संख्या ९ भएको बताइएको थियो । ‘केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये ८ को मृत्यु भएको छ भने घटनामा गंभीर घाइते २ बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,’ उद्धार कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै इटालीका संचारमाध्यमहरूले उल्लेख गरेका… पुरा पढौ

अमेरिकाको ओहायोमा गोली चल्यो, कम्तीमा ३ को मृत्यु ५ घाइते

अमेरिकाको ओहायोको योङ्सटाउनमा आइतबार गोली चल्दा ३ व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा परेर कम्तीमा ५ व्यक्ति घाइते भएका छन्। घाइतेहरुको सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पतालमा उपचार गरिएको जनाइएको छ। योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो।’ सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध… पुरा पढौ

चीनमा झण्डै ५० करोड डोज खोप लगाइयो

बेइजिङ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।… पुरा पढौ

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

गान्सु । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा… पुरा पढौ

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार… पुरा पढौ

नाइजेरियामा विमान दुर्घटना: सेना प्रमुखको मृत्यु

नाइजेरियाको उत्तर–पश्चिमी राज्य कडुनामा एउटा विमान दुर्घटना परेको छ। दुर्घटनाा परेर सेना प्रमुख जनरल इब्राहिम अटाहिरूकोे मृत्यु भएको अधिकारीहरूले बताएका छन्। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ।दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरूको ज्यान गएको बताइएको छ।राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू गहिरो दुःखमा परेको बताएका छन्। गत जनवरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा ५४ वर्षीय जनरल अटाहिरूले उक्त पद सम्हालेका थिए। इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको… पुरा पढौ

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ। साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ। यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ। बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनैपनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना… पुरा पढौ

पीएसएलका बाँकी खेलहरु युएईमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आबुधाबिमा आयोजना हुने पक्का भएको छ। कोरोना महामारीका कारण लामो समय रोकिएको पीएसएलका खेलहरू संचालन गर्न युएईको आबुधाबी सरकारले अनुमति दिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि आबुधाबी सरकारले अनुमती दिएको थियो। बाँकी खेलको मिति भने तय भएको छैन। यसअघि, कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका थियो। युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान छ। पीएसएलमा अब २० खेलहरु बाँकी छन्। पुरा पढौ

महिला विश्वकप फुटबल जुलाईबाट

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको छ। फिफाले सन् २०२३ को फिफा महिला विश्वकप फुटबलको मिति तय गरेको हो। अष्ट्रेलियामा र न्युजिल्यान्डमा संयुक्त आयोजना हुने महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन न्युजिल्यान्डको अकल्यान्डस्थित इडेनपार्कमा हुनेछ। अष्ट्रेलियामाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडिलेट र पर्थमा खेलहरु हुनेछन्। न्युजिल्यान्डको अकल्यान्ड, डुनेडिन, ह्यामिल्टन र विलिङटनमा खेल हुनेछन्। फाइनल खेल सिड्नी स्टेडियम हुने जनाइएको छ। पुरा पढौ