प्रवास

रुसको क्षेप्यास्त्र हमलापछि युक्रेनमा पानी र विद्युतको हाहाकार

रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै ५० वटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरिकै विद्युत तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको छ। राजधानी किभका मेयर भिताली क्लित्स्चकोका अनुसार त्यहाँ ८० प्रतिशत बासिन्दा बिना पानी र करिब ३ लाख ५० हजार अपार्टमेन्ट विद्युतविहीन अवस्थामा पुगेका छन्। उत्तर–पूर्वी सहर खार्किभमा पनि ऊर्जा आपूर्ति परिसरहरूमा क्षेप्यास्त्र आक्रमण गरिएका छन्। रुसले आफ्नो लामो दूरीको सटिक हतियारले युक्रेनको सैनिक कमान्ड र ऊर्जा प्रणालीमा लक्षित आक्रमण गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालयले सम्पूर्ण निर्धारित वस्तुमाथि प्रहार… पुरा पढौ

इरान प्रदर्शन : तेहरानका १००० जनामाथि लगाइयो अभियोग

इरानभर फैलिएको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित तेहरानका करिब १००० जनालाई अभियोग लगाइएको सरहका प्रमुख अभियोजकले बताएका छन्। सुरक्षा गार्डको हत्या, आगजनीसहित ‘तोडफोडका कार्यहरू’को आरोप लागेका संदिग्धहरूले यस हप्ता खुला सामूहिक परीक्षणको सामना गर्दैछन्। अधिकारीहरूले देशव्यापी रूपमा कति जनालाई पक्राउ गरेका छन् भनेर भनेका छैनन्, तर अधिकारकर्मीहरूले १४ हजार जत्तिलाई पक्राउ गरिएको बताएका छन्। इरानको ह्युमन राइट एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए)ले प्रदर्शन सुरु भएयता ४५ बालबालिकासहित २८४ जना मारिएको बताएको छ। ‘अनुपयुक्त’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमै… पुरा पढौ

भारत गुजरातको मोरबी पुल दुर्घटना : भारतीय प्रहरीद्वारा ९ जना पक्राउ

भारतको गुजरात राज्यमा कम्तीमा १४१ जनाको ज्यान जानेगरी पुल भत्किएको घटनासँग सम्बन्धित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४ जना मोरबी सहरमा पुल मर्मत गर्ने ठेक्का पाएको फर्मका कर्मचारी हुन्। उक्त दुर्घटना हुँदा १०० जना पुलमाथि थिए। थप बाँचेकाहरू फेला पार्ने आशा कम हुँदैछ। मृत्यु हुनेमा धेरै बालबालिका, महिला र वृद्धवृद्धा छन्। आन्तरिक पर्यटनको एउटा प्रमुख आकर्षण रहेको १४० वर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिएपछि गत हप्तामात्र पुन: खोलिएको थियो। आइतबार साँझ भएको दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले… पुरा पढौ

फिलिपिन्स आँधीः ९८ जनाको मृत्यु

फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा… पुरा पढौ

उहलोविन भागदौडः १ सय ५४ जनाको मृत्यु

भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति यहाँ भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् । गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै… पुरा पढौ

भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ। पुल भत्किँदा त्यहाँ ४ सय बढी मानिस रहेको अनुमान गरिएको छ। मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुँडेको थियो। आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पुलमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पुल एक्कासी चुँडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको संचारमाध्यमहरुले जनाएको छ। अहिलेसम्म २ सय बढीको उद्धार गरिएको छ। पुरा पढौ

दक्षिण कोरिया: भागदौडमा मृत्यु हुनेमध्ये ५० जनाको हृदयघात भएको आशङ्का

दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो । योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार… पुरा पढौ

बम विष्फोटमा मृत्यु हुनेको सङ्ख्या एक सय भन्दा बढी, ३ सय घाइते

सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेका छन् । “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,” उनले भने । यद्यपि प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् । सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने… पुरा पढौ

दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते

दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड हुँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ। राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ७६ जना घाइते भएका छन्। सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको संचार माध्यमहरुले उल्लेख गरेको छ। उक्त कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ। दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरीहरु छन्। २० वर्ष आसपासका व्यक्ति धेरैले उक्त घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारहरुमा… पुरा पढौ

फिलिपिन्समा आँधीहुरी : ४७ को मृत्यु, ६० जना बेपत्ता

भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ। ६० जनाभन्दा बढी बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका ३ वटा सहर अधिक प्रभावित भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम)को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकारमन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ। पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँचजनाले ज्यान गुमाएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न… पुरा पढौ