प्रवास

‘एबीसी’ मा एसियाका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन !

आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर (एबीसी) मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन्। पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबीसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्लेख छ। विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘एबीसी’मा वर्सेनि ठूलो संख्यामा पदयात्री पर्यटक पुग्ने गरेपनि विगत २ वर्षयता कोरोनाका… पुरा पढौ

म्यानमारमा ४ जना प्रजातन्त्रका अभियान्तालाई मृत्युदण्ड

म्यानमारका सैन्य अधिकारीले ४ जना प्रजातन्त्र अभियान्तालाई ‘आतंकवादी कार्य’ गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्। पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्डको दिइएको यो पहिलो घटना हो। गत जनवरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। ४ जनालाई नै गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो। साथै आफ्ना विरोधीहरूमाथि रक्तपातपूर्ण कारबाही गरेको पनि उनीहरूमाथि आरोप थियो। मृत्युदण्ड दिइएको मध्येमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप–हप… पुरा पढौ

नाइजेरियामा एकै परिवारका ५ जनाको हत्या

मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका ५ जनाको बीभत्स हत्या गरेको छ। बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ ।सर्वाधिक जनसंख्या भएको नाइजेरिया शृंखलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ। यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा परेर मारिएका छन्। रासस/सिन्ह्वा पुरा पढौ

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा ३ को मृत्यु

फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ। एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ। फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ। ‘हामी… पुरा पढौ

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रण पुष्टि

नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको… पुरा पढौ

उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा ६ जनाको मृत्यु

हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ। शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। ५ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए। ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ। कन्वर यात्रा भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो। कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गंगोत्री र बिहारको सुल्तानगन्जबाट गंगाजल ल्याएर… पुरा पढौ

उत्तरपश्चिम चीनमा पहाड भत्किँदा ९ जनाको मृत्यु
रासस/सिन्ह्वा

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा ९ जनाको मृत्यु भएको छ। पहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। अर्का एकजना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बेयिन सहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको जानकारी दिएका छन्। खोजी तथा उद्धारकार्य जारी छ। रासस/सिन्ह्वा पुरा पढौ

संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक गर्न इराकको आग्रह

इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ। इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ।’ आक्रमणमा दुहोक प्रान्तमा ९ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो। इराकी सरकारले टर्की सेनालाई आक्रमण गरेको आरोप लगाएको छ।… पुरा पढौ

मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ। यस भाइरसबारे डब्ल्यूएचओको आपतकालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन्। मङ्कीपक्सका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। डा. टेड्रोसका अनुसार आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने… पुरा पढौ

संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक गर्न इराकको आग्रह

बग्दाद ७ साउन । इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ । इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ ।” आक्रमणमा दुहोक प्रान्तमा नौ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो । इराकी… पुरा पढौ