प्रवास

नेपालले क्यानडासँग २ खेलको टी–२० र एक दिवसीय श्रृंखला खेल्दै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग २ खेलको टी–२० र २ खेलको एक दिवसीय श्रृंखला खेल्ने भएको छ। क्यानडाको भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग २ खेलको टी–२० र २ खेलको एक दिवसीय श्रृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आउँदो १४ गते पहिलो टी–२० र १५ गते दोस्रो टी–२० हुनेछ। पहिलो एक दिवसीय भने २० गते र दोस्रो एक दिवसीय असार २१ गते हुने क्यानले जनाएको छ। आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको स्कटल्यान्डमा हुने त्रिदेशीय श्रृंखला अघि… पुरा पढौ

एसीसी महिला टी–२० च्याम्पियनसीपः आज नेपालले भुटानसँगै खेल्दै

एसीसी महिला टी–२० च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे शुरू हुनेछ। च्याम्पियनसीपमा १० टोलीको सहभागिता छ। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। च्याम्पियनसीपमा नेपाल समूह ’बी’ मा रहेको छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन्। समूह चरणको खेलपछि शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसीपको फाइनल पुग्ने २ टोलीले महिला… पुरा पढौ

पाकिस्तानमा २० दिनमा ३ पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

पाकिस्तानमा २० दिनमा ३ पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन्। देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन्। विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ। विश्व बजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उनले बताए। उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए। गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया… पुरा पढौ

५१ किलो हेरोइनसहित ७ अफ्रिकी महिला पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिणामको लागुऔषधसहित ७ जना विदेशी महिलालाई पक्राउ गरेको छ। १ अर्ब २ करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइनसहित दक्षिण अफ्रिकी नागरिकहरु ७ जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। नेपालबाट भारत हुँदै तेस्रो देशसम्म लैजान त्रिभुवन विमानस्थलबाट ल्याइएको हो। प्रहरीले गत जेठ २६ गतेदेखि ३१ गतेसम्म एक साताको अवधिभित्र ५१ किलो हेरोइन बरामद गरेको जनाइएको छ। पत्रकार सम्मेलन गरी प्रहरीले बिहीबार लागुऔषधको पूर्ण विवरणबारे जानकारी दिएको हो। पुरा पढौ

प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा मल्ल

फ्रान्स । प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा एक बहादुर मल्ल चयन भएका छन् । हालै सम्पन्न मञ्चको तेस्रो अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा अनिल गुरुङ, सचिवमा राजु खप्तडी बस्नेत, उपसचिवमा नारायण न्यौपाने र मिन श्रेष्ठ, आर्थिक बिभाग प्रमुखमा लाल सोडारी चयन भएका छन् । यस्तै सदस्यहरुमा जीवन थापा, मिना अधिकारी, बिदुर श्रेष्ठ, साबित्री शाह, निर्मला शाही, दिनेश सुवेदी, डम्मर गुरुङ, सुमन कार्की, दिल नेपाली, उज्ज्वल पौडेल, प्रकाश पाठक, अशोक कुँवर र बिक्रम खाँड चयन… पुरा पढौ

कार विस्फोटमा पत्रकारको मृत्यु

यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विस्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई बताएका छन् ।साबेर नोमान अल–हैदरी नामक स्थानीय पत्रकार बोकेको गाडीमा जडान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस आईईडीले एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट गराएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् । राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्थे, उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी… पुरा पढौ

कम्प्युटरको खराबीका कारण स्विट्जरल्यान्डमा घन्टौँ उडान प्रभावित

एयर ट्राफिक कन्ट्रोल सर्भिस स्काइगाइडको एउटा कम्प्युटरले काम नगर्दा स्विट्जरल्यान्ड आउने र जाने संपूर्ण उडान घन्टौँ रोकिनु परेको छ। जेनेभा र जुरिचले प्रारम्भिक उडानहरू रद्द गरेका थिए। तर, जेनेभा विमानस्थलले एयर ट्राफिक विस्तारै पुनः संचालन हुन थालेको घोषणा गरेको छ। बुधबार बिहान सबेरै देखा परेको प्राविधिक त्रुटिले गर्दा ‘सुरक्षाका कारण’ स्विस हवाई क्षेत्रमा उडान बन्द गर्नु परेको स्काइगाइडले जनाएको छ। केही उडान उत्तरी इटालीको मिलानतर्फ डाइभर्ट गरिएको थियो। स्काइगाइडका प्रवक्ता भ्लाडि बार्रोसाले ट्यागएसान्जिगर न्युज वेवसाइटलाई भनेका छन्, ‘कम्प्युटरको हार्डवेयरमा त्रुटि… पुरा पढौ

विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित

आइसीसी पुरुष विश्वकप लिग : २ क्रिकेटमा नेपालले अमेरिकासँग खेल हारेको छ। टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आज ९बिहीबार० बिहान सकिएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले हराएको हो। अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७ ओभर ४ बलमा २ सय ६ रनमा समेटियो। आरिफ शेख र सोमपाल कामीले कमजोर बनेको नेपालको इनिङसलाई उकासेका थिए । छैटौं विकेटका लागि आरिफ र सोमपालले शतकीय साझेदारी गरे। माथिल्लो क्रम सस्तोमै पेभेलियन फर्कदा नेपाल ९३–५ को कमजोर अवस्थामा पुगेको थियो। आरिफले… पुरा पढौ

नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ । स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जवकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए । उनीहरुले पछिल्लो एक दिनमा ५०० सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा… पुरा पढौ

नाइजर आक्रमणमा परी आठ सिपाही मारिए

सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा आठ सिपाहीको हत्या हुनुको साथै ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जनाएको छ ।मोटरसाइकल र अन्य सवारी साधनमा सवार रहेका सशस्त्र आतंककारीहरूले मङ्गलबार बिहान करिब ०५ः३० बजे दक्षिणपश्चिमी नाइजरको वाराउमा नजिकैका गाउँहरूमा सुरक्षा अभियान गरिरहेको बेलामा आक्रमण गरेका रक्षा मन्त्रालयद्वारा एक विज्ञप्तिमा जनाइएको छ । यद्यपी आतङ्ककारी आक्रमणपछिको सुरक्षा कारबाहीमा करिब ५० आतङ्कवादी मारिनु्को साथै अन्य छ जना गम्भीर घाइते भएका मन्त्रालयले जानकारी दिएको छ ।नाइजेरियाली सेनाले आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा… पुरा पढौ