प्रवास

आगलागी हुँदा आठको मृत्यु

तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको हो । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिaसेन्टका अधिकारी शाहिन फाथीले समाचार इर्नालाई बताएका छन् ।रासस पुरा पढौ

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित

जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको बताएका छन् ।यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै सङ्क्रमित देखिएका बताइएको छ ।जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार यहाँ पछिल्लो समयमा कारोनाा सङ्क्रमित बढेका छन् र मङ्गलबार मात्र १ लाख जना भन्दा बढीमा सो सङ्क्रमण पाइएको छ ।यहाँ गएको… पुरा पढौ

अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह

अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो । विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ । तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ ।रासस पुरा पढौ

आन्ध्र प्रदेशमा ३ बालबालिकासहित ५ जनाको मृत्यु

अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको हो । सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए ।घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइतेहरुलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ । मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको… पुरा पढौ

चीनमा राष्ट्रिय उर्जा वचत सप्ताह

चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा वचन सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ । कोरोना भइरहेको महामारीका कारण यस बर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ । चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैले कतिपय प्रतिवन्धात्मक व्यवस्था अझै पनि कायमै रहेको छ । सप्ताहको… पुरा पढौ

भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित

भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ । शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ ।कोरोना… पुरा पढौ

नेपाली क्रिकेट टिम क्यानाडासँग टी–२० र वान डे सिरिज खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाको भ्रमण गर्ने भएको छ। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक वान डे सिरिजका लागि स्कटल्यान्ड जानुअघि नेपाली टिमले क्यानाडाको भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ। क्यानाडा भ्रमणका क्रममा नेपालले क्यानाडासँग ३ खेलको टी–२० तथा समान ३ खेलको वान डे सिरिज खेल्नेछ। यसअघि, लिग–२ अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नै क्यानाडा जाने योजना बनाएको थियो तर अमेरिकाको भिसा प्रकृयामै लामो समय लागेको थियो जसका कारण नेपालको क्यानाडा भ्रमण सफल हुन… पुरा पढौ

विश्वकप लिग २ : नेपाल–अमेरिकाले बराबरी खेल्यो

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन्। केहीबेर अघि सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो। अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए। त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। यस्तै, यरोन जोन्सले २६ रन बनाए। नेपालका मोहम्मद अदिल आलमले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए। ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले… पुरा पढौ

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल

बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झन्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो। अहिले ५४ वर्ष भएकी अनेजलाई गएको वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाई र अनुसन्धान प्रक्रिया चलाइएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन्। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ। पूर्वराष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले… पुरा पढौ

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ। अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाएकी हुन्। यसअघि, उपविदेशमन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गर्नुभएको अधिकारीहरूले जनाएका छन्। कूटनीतिक सेवावाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन्। उनलाई अंग्रेजी भाषाको पनि राम्रो ज्ञान छ। अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्षनेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्।… पुरा पढौ