अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मंकीपक्स संक्रमितको संख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ। पछिल्लो समय मंकीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ। सीडीसीको एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन्। तर, कुनै पनि संक्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन।…
पुरा पढौ