साहित्य र कला

‘डिजिटल सेवा प्राप्ति निगाह होइन, अधिकार हो’

पोखरा । निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औंल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’ सत्रमा पत्रकार सरस्वती ढकालसँगको संवादमा आइतबार दुरसञ्चार विज्ञ विशाल उपाध्यायले पछिल्लो समय एआईको प्रयोग बढेकाले त्यसलाई समेट्न डिजिटल नेपाल फ्रेमवर्क संशोधन गर्न आवश्यक रहेको बताए । तथ्यांक हेर्दा नेपालमा इन्टरनेटको प्रयोग बढेको र यो डिजिटल नेपाल बनाउने अभियानका लागि सकारात्मक विषय भएको उनको भनाइ थियो । डिजिटल नेपाल फ्रेमवर्कमा कृषि उत्पादन… पुरा पढौ

मानव र टेक्नोलोजी सँगै हिँड्नुपर्छ

पोखरा । पोखरामा जारी एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको चौथो तथा अन्तिम दिन आइतबार निकै महत्वपूर्ण सेसन भए । ‘एआई, विघटन र मानवताको भविष्य’ शीर्षकमा अलिमिया कक्षमा भएको सेसन झन् पेचिलो बन्यो । सेसनमा सहजकर्ताका रुपमा सञ्चार, सूचना तथा प्रविधि लगायत बिटमा कलम चलाउँदै आइरहेकी सजना बराल थिइन् भने वक्ताका रुपमा दोभान राई, बालकृष्ण बल र विकास गुरुङ सहभागी थिए । वक्ताका रुपमा सहभागी तीनै जना टेक्नोलोजीको विषयमा जानकार छन् र यही विषयमा उनीहरुले अध्ययन पुरा गरेका हुन् । प्रविधिको दुनियाँमा… पुरा पढौ

संघीयता असफल भयो भन्न मिल्दैन

पोखरा । बाग्लुङको बडीगाड गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस बाग्लुङका सचिव पनि हुन् गण्डकी थापा । पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलको सेसनमा उनले आफ्नै समस्या पोखिन्, जसलाई उनले धेरै स्थानमा गुम्सिाएर राखेकी थिइन् । स्थानीय तह नागरिकसंग प्रत्यक्ष भेटघाट भएर सञ्चालन हुने सरकार हो । स्थानीयले नागरिकसंग प्रत्यक्ष भेटेर उनीहरुको समस्या, चुनौती र त्यसको समाधानका विषयमा छलफल गरेर अगाडि बढ्छ । ‘संघ, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्य हुनै सकेन, धेरै त्रुटिपूर्ण कार्य भएका छन् ।’… पुरा पढौ

समाज खोजिरहेको सिनेमा

पोखरा । साहितयका, फिल्म निर्देशक, गीतकार, लेखक तथा कवि । उपेन्द्र सुब्बाको परिचय यतिमा मात्रै सीमित छैन । उनी आफ्नो समुदायलाई एकदम माया गर्ने मान्छे हुन्, र त आफ्नै समुदायको कथालाई केन्द्रमा राखेर ‘जारी’ फिल्म निर्माण गरेका छन् । सन्दर्भ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको अन्तिम दिनको हो । आइतबार भएको सेसनमा उनले भने अनुसार उपेन्द्रलाई प्रश्न सुन्दर पक्ष लाग्ने रहेछन् । सेसनमा सुब्बासहित वक्ताका रुपमा शान्ता नेपाली र दीपक रौनियारको समेत सहभागिता थियो भने सहजकर्ता रीना… पुरा पढौ

क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान चाहिएको छ : पारस खड्का

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटको भविष्य सुनिश्चित गर्न एक सुविधा सम्पन्न मैदान चाहिएको बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपिएफभन्दा पर’ सेसनमा सचिव खड्काले क्रिकेट र नेपाल प्रिमियर लिग (एनपिएल) को भविष्य सुनिश्चित गर्न एउटा सुविधा सम्पन्न क्रिकेट मैदान आवश्यक रहेको बताएका हुन् । ‘अब एनपिएलको भविष्य र क्रिकेटको भविष्य सुनिश्चित गर्ने हो भने चाहिँ अहिले अनिवार्य रुपमा चाहिएको भनेको एउटा सुविधा सम्पन्न क्रिकेट मैदान छ,’ उनले भने… पुरा पढौ

पोखरामा गुञ्जियो ‘मौनतामा’

पोखरा ।‘मौनतामा अल्झिरहेको एउटा जीवनकहाँ जाने ? कसलाई सोध्ने ? कस्लाई खोज्ने ?…’ यो गीत गुुञ्जाउदै गायक ओमविक्रम विष्ट पोखरामा झुल्किएका छन् । २०३० को दशकदेखि नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका उनका गीतले फेवाताल किनार गुञ्जियो । पोखरामा भेला भएको साहित्यपारखी मन्त्रमुग्ध भए । ओमविक्रमलाई पोखरामा गुञ्जाउने चाँजोपाँजो मिलाएको हो, १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलले । फागुन १५ गतेदेखि जारी फेस्टिभलको तेस्रो दिनको साँझ संगीतमय बन्यो । ओमविक्रमलाई सुन्न पोखरामा नयाँ र पूराना दुवै पुस्ताका… पुरा पढौ

कामसूत्र : रस, रति र रहस्य

पोखरा । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको अन्तिम सेसनमा गाफिए– कवि, समालोचक र नाटककारका शिव सङ्कल्प र लेखक, सम्पादक तथा छन्दवाचक भूषिता वशिष्ठ । कामसूत्रः रस, रति र रहस्य विषेयक सेसनमा सङकल्प र वशिष्ठले करिब एक घन्टा संवाद गरे । उक्त संवादमा शिव सङ्कल्पले प्रस्तुत गरेको सम्पादित अंशः हाम्रो परम्परा, दर्शनमा जीवनका ४ उद्देश्य बताइएका छन् । धर्म, अर्थ, काम र मोक्क्ष । मोक्क्षको विचार सबैका लागि सहज हुँदैन र मोक्क्षको अवधारणा बुझ्नै धेरैलाई समस्या हुन्छ… पुरा पढौ

किन जोगाउने अभिलेख ?

पोखरा । नेपालमा प्राचीन अभिलेख र ग्रन्थको संरक्षणको काम गर्ने सरकारी संयन्त्र राष्ट्रिय अभिलेखालय छ । त्यसबाहेक पनि व्यक्तिगत हिसाबले पुराना ग्रन्थ, तस्वीर, भिडियो संकलन गर्नेहरू छन् । तर, अभिलेख किन संकलन र संरक्षण गर्ने ? पोखराको फेवाताल किनारमा शनिबार यही विषयमा संवाद भयो । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘किन जोगाउने अभिलेख ?’ सत्रमा अर्काइभल साइन्स अध्यापक दीपक अर्यालसँगको संवादमा इतिहासकार दिनेशराज पन्तले विगतबारे थाहा पाउन र भविष्यमा अध्ययन गर्न चाहनेका लागि इतिहास जोगाउनुपर्ने बताए । मूल सामग्री संरक्षण… पुरा पढौ

फेस्टिभलको चोथौ दिन पोखरामा गुन्जियो विद्यार्थीको कविता

जीवनका सत्य कसले भनिदियो तिमीलाई रुपले अर्थ राख्दैनतर आवरण हेरेरै त किताब किनिन्छक्षणभरमै कसलाई कहाँ चिनिन्छआआफनो सोच समयले बदल्छ हेर्ने दृष्टिमन बुझन त लाग्छ विस्तारै सृष्टिपहिलो छाप अन्तिम छाप हुन्छ रेफूल भनी काँडा टिप्दा बरा मनुष्य कति रुन्छ रेसौन्दर्य अवश्य वरदान तर साँचो श्राप पनिचम्किन्छ जून तर डुब्छ रातपनिचम्किने चीज सबै हिरा हुँदैनन्सबै साथी साथी हुँदैनन्सबै तिमीलाई राम्रा भन्ने आफना हुँदैनन्गड्यौला कि सर्प छेऊमै के थाहाछेपाराले पनि त फेर्छ अनैकै देह पोखरा । प्रतिभा मावि कक्षा १२ मा विज्ञान विषय… पुरा पढौ

‘अहिले म अर्धभूमिगत अवस्थामा छु’

पोखरा । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन् । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र संघर्ष माक्र्सवादी लेनिनवाद सिद्धान्त अनुरुप नभएको उनले बताए । व्यवस्था र मुलुक परिर्वतनका निम्ति सशस्त्र संघर्ष अनिवार्य भएपनि त्यसको विधि पद्धति हुने उनको तर्क छ । ‘दुुध खानुस्, घ्यूूँ खानुस् अझ औषधिको प्रयोग गर्नुस् । समय परिस्थितिको ख्याल गर्नुपर्छ । तसर्थ… पुरा पढौ