साहित्य र कला

संविधान संशोधन राजनीतिक एजेण्डा हो : रेखा शर्मा

पोखरा । पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३ २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ । संविधान संशोधन किन गर्ने ?के संविधान संशोधन आवश्यक छ ? राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका केही प्रावधानलाई मान्दै केही खेमा यसको संशोधनको पक्षमा उभिएका छन् । सरकार गठबन्धन प्रक्रिया, अनावश्यक आयोग, नियुक्तिका विषय देखाएर संशोधनको विषय उठाइरहेका छन् । अर्का… पुरा पढौ

चेतनाको अग्रपक्ष लिने विधा कविता

पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि कल्पना चिलुवाल । पोखरामा जारी १२ औँ एनसिएल फाउडेण्सनको तेस्रो दिनको ‘कविताको कर्म’मा बोल्दै चिलुवालले कविताले चेतनाको अग्रपक्ष बोकेर हिँडेको सुनाइन् । पछिल्लो दशकमा कविलाई… पुरा पढौ

नेताले किन पढ्नुपर्छ ?

पोखरा । नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ, ‘नेताले पढ्दै पढ्दैनन् ।’ के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको पेरीफेरिमा पोखरामा शनिबार बहस चल्यो । फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२ औं संस्करणको एनसेल फाण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ ?’ अन्तरक्रियामा जनता समाजवादी पार्टी (नयाँ शक्ति) का नेता हिसिला यमी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, राजनीतिशास्त्री हरि शर्मासँग राजनीतिक अध्येयता शंकर तिवारीले सवालहरु… पुरा पढौ

बानियाको ‘ठक्कर’ सार्वजनिक

पोखरेली गायक विनोद बानियाले ठक्कर गीत सार्वजनिक भएको छ । बानियाको स्वर र संगीतमा निर्माण गरिएको ठक्कर गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । आफ्ना पुराना मित्र गीतकार तथा चलचित्र निर्माता अविरल थापाको रचनामा बनेको यो गीतको म्यूजिक भिडियोमा नायक राजबल्लभ कोईरालालगायतको अभिनय छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरिएको गायक बिनोद बानियाले जानकारी दिए । सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेको भिडियो आकर्षक बनेको छ । समाजमा बढ्दै गएको चरम निराशा, डिप्रेसन, हत्या र आत्महत्यालाई… पुरा पढौ

पोखरामा आज एलजी फेष्ट हुँदै

पोखराको अमरसिंह ग्राउन्डमा आज दोस्रो संस्करणको एलजी फेस्टिभल २०२५ आयोजना हुँदैछ । यो फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रियस्तरमा शानदार सफलता पाएपछि अब यो फेस्ट पोखरावासीका लागि भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुती रहनेछ । आयोजकका अनुसार आज एलजी फेष्टमा जोह्न एण्ड दि लोवलस, पुर्ण राई एण्ड दाजुभाईहरु, एमटी ८८४८ व्याण्ड घन्किनेछन । अन्तर्राष्ट्रिय सफलतापछि नेपालमा पहिलो पटक आयोजना हुन… पुरा पढौ

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ ।मन्त्रीपरिषद्ले पास गरेको मस्यौदा संसदमा पेश हुुन्छ । छलफल, संशोधनसहित पाश हुनेछ । र कानुन बनेर कार्यान्वयनमा बल्ल आउनेछ । अबको हप्तादिनसम्म संसदमा पेश गर्ने तयारी छ । पोखराको लेकसाइडस्थित बाराहीघाटमा बिहीबारदेखि सुरु १२औं संस्करणको एनसेल नेपाल लिटरेचर फेस्टिलमा ‘गण्डकीमा मगर र गुरुङ भाषा’ विषयमा… पुरा पढौ

वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको पाँचौं पठन संस्कृति सम्पन्न

पोखरा । नेपाली कांग्रेस वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम आज भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा भएको सृङ्खला ५ मा “वी.पी. साहित्यको अभिलेखन” पुस्तक बारे परिचर्चा भएको हो । “वी.पी. साहित्यको अभिलेखन” विमर्श पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख प्रा.डा.यमबहादुर पौडेल क्षेत्रीले परिचर्चा गरेका थिए । प्रा.डा.गोविन्दराज भट्टराईद्वारा लिखित “वी.पी. साहित्यको अभिलेखन” मा रहेको पुस्तकको सारशंमा क्षेत्रीले राजनीति र साहित्य, नेपालमा राजनीति र साहित्यमा वीपी कोइराला, पुस्तक विमर्श भित्र के रहेको छ ?… पुरा पढौ

साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरूङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए। भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताए । उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री… पुरा पढौ

‘मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन’ : मनीषा कोइराला

पोखरा । मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो । तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो… पुरा पढौ

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र… पुरा पढौ