साहित्य र कला

पोखरा चाइल्ड स्टार सिजन ४ : उपाधि पोखरा पब्लिकका प्रवीन र सेन्ट म्यारीकी आइरालाई

पोखरा । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फको शीर्ष स्थान हासिल गरे। पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते। बालिका तर्फ फस्ट रनरअप ग्रीष्मा गौतम, सेकेन्ड रनरअप पुनम… पुरा पढौ

लमजुङको वेशीसहरमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

पोखरा, बैशाख २ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम लमजुङको वेशीसहरमा गुञ्जिएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को थर्ड एडिसन वेशीसहरमा उत्साहजनक सहभागितामा सोमबार साँझ सम्पन्न भएको हो । वेशीसहर युथ सोसाइटी सेरा लमजुङले रक्त अभावको समस्याको स्थायी समाधान खोज्नका लागि ब्लड डोनर्स एप्स निर्माणार्थ ‘हाम्रो संगीत हाम्रो अभियान, रत्तदाताको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६ वटा राष्ट्रिय व्याण्ड एउटै स्टेजमा गुञ्जिए । नब्बेको… पुरा पढौ

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् । जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक… पुरा पढौ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा, चैत ३० नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक निर्देशक/लेखक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड… पुरा पढौ

कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा

पोखरा। साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ ।र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दज्र्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जबाफ खोजिएको बताए । प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दज्र्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे । “सामाजिक कुरीति, कुसंस्कार, विभेद, अन्यायप्रति सिर्जनशील विद्रोह बनेकी छन् निबन्धकार” कुमारले भने, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र ।”… पुरा पढौ

अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ भोलि, तयारी पूरा

पोखरा, चैत २९ अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण भोलि पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा भोलि चैत ३० गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुन लागेको हो । भोलि अपाराह्न ३ः४५ बजेबाट शुरु हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने श्रेष्ठले… पुरा पढौ

पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पोखरा। पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैनसहितका १८ गीत गाए । २०६६ को चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ वर्षपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् । कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो… पुरा पढौ

नेपालको एकमात्र कविता गाउमाँ माविस्तरीय कविता प्रतियोगिता

पोखरा । नेपालको एकमात्र कविता गाउँ लुम्ले कविता गाउँ समितिले यही चैत्र १५ गते खुला कविता प्रतियोगिता सञ्चालन गर्ने भएको छ । समितिले कविता गाउँ घोषणाको १७ औं स्थापना दिवसमा अन्नपूर्ण पालिकाव्यापी मा.वि.स्तरीय कवितावाचन प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष भरत देवकोटाले जानकारी दिए । समितिले हरेक चैत्र १५ गते विशेष समारोहका साथ मनाउँदै आएकोमा यसपटक कवितावाचन प्रतियोगिता सञ्चालन गर्न लागेको हो । समितिको आयोजना, अन्नपूर्ण गाउँपालिकाको सहकार्य र गण्डकी प्रज्ञा–प्रतिष्ठानको पर्वद्धनमा हुन लागेको प्रतियोगिताका सहभागीलाई आकर्षक नगद पुरस्कारसहित सोही… पुरा पढौ

बिमाकुमारी बन्न हिँडेकी चिना थापा मगर 

जुना थापा, पोखरा । स्कुल जाँदा आउँदा बाटोमा लोकभाका गुनगुनाउँदा छिमेकी भाउजूले "ओहो ! चिना त बिमाकुमारी दुराजस्तै गायिका बन्छ क्याहो ?" भन्ने वाक्यले १२ वर्षको कलिलो बाल मस्तिष्कमा गहिरो छाप छोडे पनि चिनालाई थाहा थिएन साँच्चिकै गायिका बन्छु भन्ने । उनी भन्छिन्, "बिमा दिदीजस्तै त बन्न सकिएला, नसकिएला तर सांगितिक यात्रा भने निरन्तर चलिरहेको छ । संगीतको नशा लागेको छ, अब त संगीतबिना बाँच्न पनि सक्दिनँ । पढ्दापढ्दै मोफसलमा रहेर लोक संगीतमा भविष्य कोरिरहेकी नाम हो चिना थापा मगर ।… पुरा पढौ

पोखरा थ्रियटरको आयोजनामा पाँच दिने अन्तराष्ट्रिय नाटक महत्सव हुदै

पोखरा । पोखरा थ्रियटरको आयोजनामा अन्तराष्ट्रिय नाटक महत्सव २०८१ हुने भएको छ । पोखरालाई अन्तराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको रुपमा प्रवद्धन गर्ने उद्धेश्यले थ्रियटरले यही चैत ९ गतेदेखि १३ गतेसम्म महत्सव गर्न लागेका आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । महत्सवमा विभिन्न ५ देशका चर्चित नाटकहरुमा साँस्कृतिक तथा विविध नाट्य अनुभव आदान प्रदान गर्ने,फोरम थिएटर र कार्यशालाहरुमा कलाकार,रंगकर्मी,पर्यटन व्यवसायी र संस्कृतिप्रमीहरुसंग अन्तक्रिया गर्ने,खुल्ला छलफल तथा संवाद कार्यक्रममा संस्कृतिकर्मी,पर्यटन व्यवसायी,सञ्चारकर्मी तथा नाट्यप्रेमीहरुका विषेश सेसनहरुमा छलफल,सांस्कृतिक तथा पर्यटन प्रवद्धन संवाद… पुरा पढौ