साहित्य र कला

लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित

लोक साहित्य परिषद ललितपुरले पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका परिषदले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार अमात्यलाई सम्मान गरेको हो । परिषदले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा चन्द्रा बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।भाषा, कला, साहित्य तथा संस्कृतिको… पुरा पढौ

कास्की आइडलमा गायनतर्फ २० र नृत्यतर्फ १५ जना छनोट

रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै विम्वकवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई… पुरा पढौ

फेवातालस्थित तालबाराही मन्दिरको पुननिर्माण अन्तिम चरणमा

पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुननिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले जानकारी दिए । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ । उनले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम… पुरा पढौ

“यहीँ दुःख गरम्ला” गीतको भिडियो पोखरामा सार्वजनिक

गीतकार सुरज उपाध्यायको रचना, गायक,संगीतकार विनोद बानियाँको स्वरमा रहेको “यहीँ दुःख गरम्ला” गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बिक्रम कार्कीद्वारा प्रस्तुत गीतको म्युजिक भिडियोको संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सार्वजनिक गरेका हुन् । सो अवसरमा श्रेष्ठले गीत गीत लेखन, संगीत र स्वर अनि त्यसपछिका अनेक कामका लागि अनेक कष्ट भोग्नै पर्नै बाध्यता रहेको र आउने प्रतिफल राम्रो हुने बताए । श्रेष्ठले भने, “मैले देखेका र अनुभव गरेका गीतकार सुरज तथा गायक, संगीतकार बानियाँ खोलामा… पुरा पढौ

पोखरामा नव निर्मित भैरव मन्दिरमा भैरवाष्टमीको दिनदेखि दर्शन/पूजन शुभारम्भ हुने

पोखरा । पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन/पूजन शुभारम्भ हुने भएको छ ।मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । सोही अवसरमा भैरवाष्टमीको दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शन/पूजनमा सहभागी हुन समितिले आह्वान गरेको छ ।दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि प्रत्येक दिन विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहनेछ ।भैरव साँस्कृतिक संरक्षण समितिले काठमाण्डौ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा… पुरा पढौ

पारिवारिक कथामा बनेको हर्ष, प्रदर्शनका लागि तयार

पारिवारिक कथामा आधारित नेपाली चलचित्र ‘हर्ष’ निर्माण गरिएको छ । आगामी मङ्सिर १२ गतेदेखि नेपालभर प्रदर्शन हुने उक्त चलचित्रको श्रव्यदृश्य ट्रेलर सार्वजनिक भएसँगै निर्देशक एकता पौडेलले भावना, सम्बन्ध र परिवारको विषयमा चलचित्र तयार गरेको बताईन् । उनले आफूले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गरेको बताईन्। अभिनेता सन्तोष पन्तले आफ्नो कलाकारिता यात्रामा पहिलोपटक महिला निर्देशकसँग काम गरेको अनुभव सुनाए । अभिनेत्री वर्षा राउत नयाँ समूहसँग काम गर्दा बेग्लै आनन्द महशुस भएको बताईन् । चलचित्रमा एक परिवारमा छोराको विवाहपछि वंशअगाडि बढाउने विषयमा बाउछोराकाबीच… पुरा पढौ

“मायामा मायामा” गीत पोखरामा सार्वजनिक

गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा सार्वजनिक गरिएको छ । डा जसपाल पाख्रिन तामाङको प्रस्तुति रहेको गीतमा जसपाल पाख्रिन तामाङ र अनिता पौडेलको शब्द र संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन् । लमजुङको मस्र्याङदी गाउँपालिकास्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी… पुरा पढौ

गीतकार आर्जु विष्ट सम्मानित,प्रतिष्ठानको अध्यक्षमा अनुराग

शिशिर उजाडपोखरा गीतकार एवं संचारकर्मि आर्जु विष्ट ‘सल्यानी’ पोखरामा सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर शनिबार यस वर्षको गीतकार सम्मान प्रदान गरेको हो । कार्यक्रममा साहित्यकार सरुभक्त, विम्वकवि रमेश श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष शितल गिरी र कवि सरस्वती श्रेष्ठले नगद ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । ‘सागर’ र ‘झ्याम्म… पुरा पढौ

देशभरका हलमा चलचित्र ‘परान’को प्रदर्शन

नयाँ नेपाली चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारेको छ । चलचित्रको कथा स्वयम् निर्देशक आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् ।नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गरिएको चलचित्र ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश शाह, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा र बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय छ । प्रमोद खरेल, पुष्पन प्रधान र रचना… पुरा पढौ

पर्यटकीय संरचना बनाउन सकिने गारतरो क्षेत्र

सेती ड्यामसँगैको गारतरो र कसेरी,हामीले समय बिताउने,बयँर टिपेर खाने ठाउँ। मंसिर मासमा प्रशस्त बयँर पाक्दथे र हामी टिपेर खान्थ्यौं,गोजि भरेर ल्याउँथ्यौं। काँडाले हात छिया छिया पार्थ्यो। अमिलोले दाँत कुँडिन्थ्यो र मकै चपाउन गाह्रो हुन्थ्यो। ठूलो ढुङ्गामाथि बसेर सुस्ताउँथ्यौं,लुकिडुम खेल्थ्यौं।बस्ती थिएन वरीपरी, चारैतिर खुला थियो ।कहिलेकाही आमाहरूले भन्नुहुन्थ्यो होसियार हुनु नी,बयँरकौ घारीमा भालु लुकेको हुन्छ अर्थात बयँरको पारखी भालु पनि रहेछ । ठूलो ढुङ्गा,सायद भिमकाली पाटनको भिमढुङ्गा पछिको पोखराकै दोश्रो ठूलो ढुङ्गा यहि हुनुपर्छ। यसलाई पनि फोड्ने प्रयास भएको रहेछ ।… पुरा पढौ