साहित्य र कला

मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ निर्माण हुने

पुस २ पोखरा । मगर संस्कार र संस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ निर्माण हुने भएको छ । चलचित्रको यही मंसिर २७ गते नेपाल मगर संघ कास्कीमा एक कार्यक्रमका बिच शुभ मुहुर्त गरिएको निर्माण पक्षले जानकारी दिएको छ । सोही दिनदेखि चलचित्र निर्माणलाई लिएर कार्यशाला जारी रहेको मुख्य निर्माता हर्क आलेले बताए । चलचित्रको शुभ मुहुर्तमा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, नेपाल मगर महिला संघकी अध्यक्ष हिरुसरा रानाको उपस्थितिमा गरिएको थियो । अशोक आले मगरको निर्देशनमा निर्माण हुन लागेको ’दिलसरा’ को… पुरा पढौ

दिपक अर्यालको ‘आउन आमा आउ’ सार्वजनिक (भिडियो सहित)

मंसिर ३० पोखरा । दिपक अर्यालको मर्मस्पर्सी नेपाली लोक दोहोरी गीत ‘आउन आमा आउ’ सार्वजनिक भएको छ । पछिल्लो समय भ्वाइस अफ नेपाल किड्स हुँदै लाइभ दोहोरी मार्फत चर्चा कमाएका सुप्रिम मल्ल ठकुरीको स्वर, दिपक अर्यालको शब्द, तारानाथ आचार्यको संगित संयोजनमा रहेको गीतको अर्यालले आफ्नै युट्युव च्यानल ‘दिपक अर्याल अफिसियल’ मार्फत सार्वजनिक गरेका हुन् । निसान बानियाको कथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सारिका केसी, आशिर प्रताप जंग, सुप्रिम मल्ल ठकुरी, रिना गुरुङ, अर्जुन नेपाली लगायतकोे जीवन्त अभिनय देख्न सकिन्छ… पुरा पढौ

‘श्रवणकुमार समाधिस्थल’लाई चिनाउन भजन चुड्का प्रतियोगिता

वालिङ । ‘बनून सबै जना श्रवण जस्तै सन्तान’ यो प्रतीकात्मक चुड्का श्रवणकुमार समाधिस्थलमा आयोजना गरिएको भजन चुड्का प्रतियोगिताका सहभागीले गाएका हुन् । स्याङ्जाको आँधीखोला गाउँपालिकाको सहयोग र श्रवणकुमार क्षेत्र विकास समितिले सोमबार आयोजना गरेको पालिकास्तरीय भजन चुड्का प्रतियोगितामा प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीहरुले प्रस्तुत गरेका हुन् । समयक्रमसँगै आफ्ना बुबाआमाप्रति छोराछोरीले निभाउनुपर्ने जिम्मेवारीबाट उनीहरु पन्छिदै गइरहेका बेला श्रवणकुमारलाई प्रतीकका रुपमा स्थापित गरी जिम्मेवार बन्नुपर्ने सन्देश भजन चुड्कामार्फत प्रस्तुत गरिएको हो । श्रवणकुमारले आफ्ना अन्धाअन्धी बुबाआमाको गरेको सेवा, बुबाआमाप्रति छोराछोरीले कर्तव्य र दायित्व… पुरा पढौ

मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’

वालिङ । गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो । गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन गरेका यहाँका बासिन्दाले आफ्नो भाषाशैली तथा संस्कृतिलाई जोगाइराख्नका लागि नयाँ पुस्तालाई अभिप्रेरित गर्दै आएको घरबास (होमस्टे) का अध्यक्ष भुपेन गुरुङले… पुरा पढौ

लोकगायक खत्रीको पञ्चेबाजा गीत सार्वजनिक

गण्डकी । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ । सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत पनि खत्रीकै रहेको छ । आशिष अविरलको सङ्गीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन् । गीतमा बागलुङको… पुरा पढौ

सती कथा संग्रहको विमोचन

पोखरा । कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ । कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन् । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे । समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाइ छ । कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताए । समाजिक यथार्थता,… पुरा पढौ

उपन्यास सन एण्ड स्यडोज लोकार्पण

पोखरा । लेखक एन एच मानन्धरको उपन्यास सन एण्ड स्यडोज लोकार्पण भएको छ । पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो। भर्खर अंकुराउन थालेको प्रेममाथि परेको आघातले पात्रका जीवनलाई फरक गोरेटोमा डोहोर्याएपछिका घटना र समाजका अनगिन्ती आयामसँग उनिदैँ बग्ने कथाले जातीय तथा लैङ्गिक विभेद, भ्रष्टाचार अनि परिवारभित्रको द्वन्द्व समेटेको लेखकले सुनाइन्। आख्यानका रूपमा आएको भएपनि पात्रहरूका भोगाई र तिनले बाँचेका समयले पाठकलाई कैयन्ले बाँचेको कथासँग साक्षात्कार गराउने… पुरा पढौ

गीत संगीतमा सक्रिय शान्ति श्रीस मगर, सार्वजनिक गरिन् ‘जाम हिड साइली’(भिडियो सहित)

पोखरा । गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ । गायिका शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको… पुरा पढौ

कृष्ण पौडेलको ‘बेहुली बनेर’ सार्वजनिक (भिडियो सहित)

मंसिर २२ पोखरा । कृष्ण पौडेलको पञ्चे बाजामा आधारित ‘बेहुली बनेर’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार डिजिटल स्टार नामक यूट्यूव च्यानलमार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तिले पौडेललाई साथ दिएकी छन् । माया प्रेममा आधारित रहेको गीतमा कमल अर्यालको शब्द, इश्वर सिंहको थेगोमा तयार भएको गीतलाई तरानाथ आचार्यको एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा बिनिता पौडेल र जीवन सहनी क्षेत्रीको मूख्य अभिनय रहेको छ । साथै कृतिका… पुरा पढौ

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा । नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षत्कार गरेका हुन् । अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । काठमाडौं र… पुरा पढौ