साहित्य र कला

फुल्नु फूलको धर्म हो

फुल्नु फूलको धर्म होउ आफ्नो धर्म निर्वाहमा कहिले चुक्दैनकस्तो फुलें? कसरी फुलें? हिसाब जान्दैनन झरेर जाने दिन गनेर बस्छन मरेर जाने दिनको पर्खाइमा रहन्छभ्रमरले चुसुन्, माहुरी नै घुसुन्उ निश्चिन्त आफ्नो यौवन लुटाइरहन्छउ लिन जान्दैन सिवाय दिनप्रकृतिलाई रङ्ग दिन्छमान्छेलाई बाँच्ने ढङ्ग दिन्छतर मान्छे,फूलको रङ्ग मनपराउँछउस्को बाँच्ने ढङ्ग मन पराउँदैनफूल भएर मान्छे बाँच्न सक्दैनकिनकी मान्छेमाफूल जस्तो हृदय हुँदैनउसको हृदयमा बस्ने कुनै फूल हुँदैन...! पुरा पढौ

ट्रयाप फ्युजनमा मालश्री धुन

मालश्री धुन लोकप्रिय भक्तिजन्य लोक संगीतको लागि दिइएको नाम हो जुन हिन्दु चाड दशैको समयमा बजाउने गरिन्छ। सामान्यतया रागको आधारम बजाईन्छ,र खास एक निश्चित दिन / समयमा। यो धुनलाई अहिले थुप्रै म्युजिकल एन्सेम्ब्ल्समा ईम्प्रोभिसिजेसनको रूपमा पनि सुन्न सकिन्छ l रन्जन गायकले पनि यसपाली यहि धुनलाई हिपहप शैलीमा प्रस्तुत गरेका छन् l यो ट्र्याप म्यूजिक फ्यूजन हो जसमा रन्जन गायकले सारंगीमा शास्त्रीय खेलका केही शैलीहरू अपनाएका छन र गायकीमा साधारण तानहरू खेलाएका छन् पुरा पढौ

पोखरेली संस्कृतिकर्मी तथा भैरव नाचका अग्रज कलाकार बड्गामीको निधन

पोखराका अग्रज संस्कृतीकर्मी एवं पोखराको बाह्र भैरव नाचका अग्रज तथा बयोबृद्ध कलाकार पूर्णकुमार बड्गामीको निधन भएको छ । उनको आज कार्तिक १ गते शनिबार पूर्वाह्न ९ बजे ८५ वर्षको उमेरमा निधन भएको उनका भाञ्जा सुनिल उलकले जानकारी दिए । केवल ११ वर्षको उमेरमा बि. सं. २००३ सालको भैरवनाचमा पहिलो पटक कवंचाको रुपमा सहभागी भएका कलाकार बड्गामी भैरव नाचमा नाट्यकारको रुपमा प्रवेश गरेका थिए । नाट्यकारको रुपमा प्रवेश गरेको १२ वर्षपछि २०१५ सालमा भएको बाह्र भैरव नाचमा माहेश्वरी (गंगाजू)को रुपमा नाचमा… पुरा पढौ

गीत

फरक यही छ कोही लाखमा, कोही बिक्छ हजारमानबिक्ने को भेटिन्छ र मान्छेको हाट बजारमा ? दर्शन छाँट्छ, पैसा जाबो हातको मैलो भनिदिन्छयथार्थमा त्यही मानिस धनको दास बनिदिन्छ इमान भुल्छ, जमान भुल्छ, आफ्नै स्वार्थ ठूलो ठान्छनाङ्गो हुन्छ, बाङ्गो हुन्छ, दौलतसँगै सती जान्छ आफन्तैले लुट्छ यहाँ, पराईको के चर्चा गर्नेसबलाई एउटै चिन्ता हुन्छ के गरेर खल्ती भर्ने । पुरा पढौ

कथा: एकमा दुई

हरेराम र भिमसेन मालिका माईको सानो मन्दिरको परिसरमा रहेको चौपारीमा बसि बात मारिरहेका थिए | भर्खर पानी पर्न रोकिएको थियो | नेपालमा एउटा ठूलो मन्दिरको वरिपरि स-साना मन्दिरहरु देख्दा गाउँको वीचको साहु मुखियाको ठूलो घर र गरिवहरुका साना घरहरुको झल्को दिने गर्छ | तर यो मन्दिर सानो भए पनि महत्व ठूलो रहेको छ | त्यो दिन विशेष भएकाले पनि भिडभाड थियो | हरेरामले आफ्नो दुखेसो पोखिरहेका थिए – आस्तिमात्र खोलाको भगाँलो खेतमा पस्यो |अहिले पनि सानो खोलो खेतमा हिडिरहेको छ… पुरा पढौ

पत्रकार पुनले ल्याए ‘बस्तीभित्र’ नामक नियात्रा संग्रह

पोखराका पुराना पत्रकार तिलक पुन पुर्जाको नियात्रा संग्रह ‘बस्तीभित्र’ बजारमा आएको छ । पत्रकारसमेत रहेका लेखक तथा नियात्राकार पुनद्वारा लिखित ‘बस्ती भित्र’ नियात्रा संग्रह बजारमा आएको हो । नियात्रा संग्रहको शुक्रबार पोखरामा लोकार्पण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नियात्रा संग्रहको लोकार्पण गरेका हुन् । पुनले विगतमा पत्रिकाहरुमा छापिइसकेका नियात्राहरुको संकलन गरेको नियात्रा संग्रह प्रकाशित गरेका हुन् । गण्डकी प्रदेशसहित नेपालका प्रमुख ग्रामिण पर्यटकीय गन्तव्यहरुको नालीबेली केलाइएको नियात्रा संग्रहमा ३४ वटा नियात्रा राखिएको… पुरा पढौ