साहित्य र कला

कवि मीनबहादुर विष्टको ‘साला पहाडमें क्या है’ सार्वजनिक

काठमाडौं । कवि मीनबहादुर विष्टका चोटिला कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् । यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ । पश्चिम नेपालको प्युठानमा २०११ सालमा जन्मिएका कवि मीनबहादुर विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् । आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट… पुरा पढौ

एकल वाचनमा कवि मञ्जुल

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भएका छन् । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले झन्डै डेढ दर्जन कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए ।पोखरा उधोग वाणिज्य सांघको अमृत कक्षमा खचाखच वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरेका थिए । नले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका… पुरा पढौ

पोखरा लिङ्कन कलेजले जित्यो ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि

पोखरा, असोज १३ प्रथम ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद… पुरा पढौ

हराउँदै मौलिक भाका

बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए,… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त

पोखरा, असोज १२ पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ । प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती… पुरा पढौ

विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन

पोखरा । पोखरामा आयोजित पाँचौ संस्करणको विद्यालय नाटक महोत्सव शुक्रबार सम्पन्न भएको छ । गत भदौ २७ गतेबाट सुरु भएको नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन भए । यसरी मञ्चन भएका नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान थिए । नाटक महोत्सवमा पुगेर ६ हजार भन्दा बढी दर्शकले नाटक हेरेको र ४… पुरा पढौ

पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु, फाईनल पुग्ने कलेजको आजै टुंगो लाग्ने

पोखरा, असोज १२ पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा आजदेखि शुरु भएको प्रतियोगिता भोलिसम्म जारी रहनेछ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याए । संगीत जीवनको लागि अति उपयोगी कुरा हो,उनले भने,‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो ।’ कला र संगीतमा शक्ति हुने… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गरेका उनका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसन भोलिदेखि

पोखरा, असोज ११ पोखरामा भोलि असोज १२ गतेदेखि ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु हुँदैछ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा असोज १३ गतेसम्म हुने प्रतियोगिता पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा हुनेछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने जनाइएको छ । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता… पुरा पढौ

राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुला

पोखरा । राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुलेको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले राष्ट्रिय विज्ञान दिवस असोज १, विश्व अन्तरिक्ष सप्ताह अक्टोबर ४–१० तथा विश्व विज्ञान दिवस कार्तिक २४ को सन्दर्भमा सञ्चालन गर्दै आएको यस प्रतियोगितामा असोज २८ गते आवेदन दिन सकिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले नासोको वेबसाइटमार्फत आफ्नो आवेदन दर्ता गर्न सक्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । एघारौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको… पुरा पढौ