साहित्य र कला

गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

पोखरा । गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने पुरस्कारको राशी ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो । आगामी चैत १४ गते एक कार्यक्रमका विच चार वटै पुरस्कार वितरण गरिने गीताञ्जली साहित्य… पुरा पढौ

साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ माथि समीक्षा

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए । प्रमुख अतिथि शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवर शिक्षा, साहित्य, राजनीतिक, पत्रकारिता लगायत हरेक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै विगतका जीविविषाबारे स्मरण गरे । कृति समीक्षा गर्दै समीक्षक असफल गौतम र कृष्ण उदासीले एक युग बाँचिसकेका क्षेत्रबहादुरको जीवन कथा विभिन्न… पुरा पढौ

प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीतामा कुमुदिनिका युकेस प्रथम

पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीतामा कुमुदिनि होम्स मा.वि.का युकेस सुनार प्रथम भएका छन् । “क्यानभााषमा बाल मनोबिज्ञान” शिर्षकमा भएको चित्रकला प्रतियोगितामा हिल प्वाईन्ट मा.वि.का सपना नेपाली द्वितीय, कास्की मोर्डनाईज्ड एकेडेमीका जेसिका तिलिजा पून तृतीय र गण्डकी बोर्डिङ् स्कुलका स्वरुप माकाजुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विभिन्न विद्यालयका १९७ जना विद्यार्थीहरुबाट उत्कृष्ट १२ प्रतियोगि छनौट गर्दै प्रतियोगिताका विजेता घोषणा गरिएको कार्यक्रम संयोजक विकास पौडेलले जानकारी दिए । दोस्रो… पुरा पढौ

लोक गायक प्रविण गुरुङलाई सम्झिदै अन्नपूर्ण गाउँपालिका, स्मृतिमा सप्ताहव्यापी कार्यक्रम गरिने

लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । गाउँपालिकाको आयोजनामा हुने उक्त कार्यक्रम यहि चैत १५ गतेदेखि २१ गतेसम्म हुने अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । कार्यक्रम अन्र्तगत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याडको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको व्यवस्थापन समितिमा सचिव राजु गुरुङले जानकारी दिए । लोकदोहोरी कार्यक्रमको व्यवस्थापन लुम्लेस्थित रिनी म्यू समाज तथा खेलकुद कार्यक्रमको… पुरा पढौ

पत्रकारले पच्ने गरी कमीकमजोरीलाई बाहिर ल्याउनुपर्छ : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सकरात्मक सोचका साथ अगाडि बढेमात्र समृद्ध प्राप्ती हुने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको चौंथो साधारण सभा तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ लाई उद्घाटन गर्दै मन्त्री गुरुङले पत्रकारले ठोक्ने प्रवृतिबाट भन्दा पनि क्षेत्रगत अवस्थालाई बोक्ने गरी अगाडि बढ्नुपर्ने बताए । स्कुले समयमा आफुले पनि घर वा विद्यालयबाट भागेर फिल्म हेर्ने गरेको किस्सा सुनाउँदै अर्थमन्त्री गुरुङले कमीकमजोरीलाई सकरात्मक ढंगले सच्याउनुपर्ने आवश्यकतालाई औंल्याए । नपच्ने गरी नभई… पुरा पढौ

जित प्रसाद द्वा पत्रकारिता पुरस्कारबाट सिग्देल पुरस्कृत

पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् । उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।२०५४ सालबाट आदर्श… पुरा पढौ

टुरिष्ट रोडमा ओसिस थापाको प्रस्तुती

पोखरा । गायक ओसिस थापाले पहिलो पटक पोखरामा प्रस्तुती दिने भएका छन् । पोखरा नर्थ लेकसाइड स्थित खपौदीमा रहेको द टुरिष्ट रोड विष्ट्रोमा शुक्रबार (मार्च ५ तारिख ) उनले आफ्नो सांगितिक प्रस्तुती राख्ने भएका हुन् । पछिल्लो समय युवाहरुले अत्याधिक रुचाएका रहेका गायक थापा युट्युव र टिकटकमा चर्चित छन् । संचालक अर्जुन सुवेदीका अनुसार निशुल्क प्रवेशको व्यबस्था गरिएको छ । साँझ ६ देखी १० हुने कार्यक्रमको सुरुवातमा पोखराको व्याण्ड क्रेजी व्रदर्सले प्रस्तुती राख्नेछ । कार्यक्रमको मुख्य प्रयोजक टुवोर्ग वियर ,… पुरा पढौ

भानु जन्मस्थल पुनः संघ मातहत

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः संघीय सरकार मातहत आएको छ। संघीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनःसंघीय सरकार मातहत राखिएको हो। शुक्रबार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब संघीय सरकारले गर्ने तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिएका छन्। ‘स्थानीयस्तरबाट पनि जन्मस्थललाई संघीय सरकार मातहत राख्न माग भइरहेको थियो, लामो समयको प्रयासपछि उक्त कामले सार्थकता पाएको छ,’ श्रेष्ठले भने। संघीयता कार्यान्वयनसँगै स्थानीय… पुरा पढौ

वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन

काठमाडौँ। लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीतबाट पुनरागमन गरेका हुन्। सो गीतमा उनलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छिन् । रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका हुन् । गीतमा सङ्गीतकार तथा गायक प्रभावन जे को सङ्गीत रहेको… पुरा पढौ