साहित्य र कला

सुरज उपाध्यायको नयाँ पुस्तक ‘साइकल’ सार्वजनिक

पोखरा । नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए । अमोर… पुरा पढौ

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

पोखरा । लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७५ औं जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरामा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने भएको छ। पोखरासभागृहमा हुने स्वर्गीय शेरचनको प्रिय विधा लोकदोहोरी प्रतियोगिता भव्यतासाथ सम्पन्न गर्न चर्चित इन्द्रेणी साँस्कृतिक विकास केन्द्रले साथ दिने भएको छ। यसरी नै प्रतियोगिताका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रज्ञाप्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान लगायतले सहकार्य गर्ने बताइएको छ। करिब ३९ लाख खर्च लाग्ने कार्यक्रम सम्पन्न गर्न ५५ लाख आम्दानी गरी… पुरा पढौ

अलौकिक कवि देशभक्त सिंह कुँवरलाई साहित्यिक राष्ट्रनायक उपाधि

पोखरा । अलौकिक कवि देशभक्त सिंह कुँवरलाई साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मान गरिएको छ । चितवनको ग्राण्ड मल्टि इन्टरटेनमेन्ट हाउस प्रालि, भरतपुरले उनलाई एक समारोह आयोजना गरी सो उपाधिबाट सम्मान गरेको हो । छोटो बसाइँमै साहित्य र संगीतका सिर्जना जति पनि सिर्जित गर्न सक्ने उनको क्षमताको कदर गर्दै उनलाई सो उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी कुँवर गायन, संगीत, साहित्य, संचार लगायतका विविध विधामा सक्रिय छन् । मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा… पुरा पढौ

महेशको ‘हल्कारा’अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा

पोखरा । अभिनेता महेश त्रिपाठी अभीनित फिल्म ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फिल्म फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखका दिन राति ९ बजे फिल्मको स्क्रिनिङ रहेको छ । जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । त्रिपाठी अभिनीत ‘चपली… पुरा पढौ

पोखरेली गायिका इतुले जितिन् डि-सिने अवार्डमा पाश्र्व गायनको अवार्ड

गायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन् । “बिर्सन सजिलो भएन” बोलको गितबाट १२औ डि।सिने अवार्डको सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।उक्त विधामा इतु जोजिजु, मिलन नेवार , मेलिना राइ ,अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।चलचित्र मखमली–मखमली मा समावेश उक्त गितबाट अवार्ड प्राप्त गरेकी हुन्। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । पुरा पढौ

राष्ट्रिय मुक्तक पुरस्कार चेतन कार्कीलाई मरणोपरान्त अर्पण गरिने

२९ चैत, पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिद्वारा सञ्चालित एवम् साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७८ बाट चेतन कार्कीलाई मरणोपरान्त सम्मान गरिने भएको छ ।मञ्चका सल्लाहकार सरुभक्तको संयोजकत्वमा सूर्य खड्का ‘बिखर्ची’ र सरस्वती श्रेष्ठ ‘सरू’ सदस्य तथा अध्यक्ष रामजीप्रसाद आचार्य र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले स्व। चेतन कार्कीलाई उक्त पुरस्कार मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको मुक्तक मञ्चले जनाएको छ ।नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै… पुरा पढौ

नाटक ‘शिरीषको फूल’ लाई पोखरेली दर्शकको साथ

पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको माया पाएको छ। थिएटर मल र पोखरा थिएटरको सहकार्यमा चैत्र २४ गतेबाट मञ्चन भइरहेको नाटकले वर्षाका बाबजुद पनि दर्शक पाइरहेको छ। सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२) मा आधारित नाटक भएकोले यो नाटक हेर्न पुग्नेमा युवा अवस्थाका विद्यार्थी बढी छन्। नाटकलाई आर्कषक बनाउन निर्माण युनिटले राम्रो मेहनत गरेको छ। फलस्वरुप नाटक हेर्न पुगेका दर्शक सन्तुष्ट मात्र छैनन् अरुलाई पनि नाटक हेर्न सुझाइरहेका छन्। शनिबार… पुरा पढौ

जनार्दनको गजल सङ्ग्रह सार्वजनिक, ४ जनालाई शुक्ला साहित्य पुरस्कार

पोखरा । गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ । शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी वासिन्दाभन्दा बढी गण्डकी प्रदेशकै एक महत्त्वपूर्ण स्रष्टाका रूपमा आफूले चिनेको स्मरण गरे । आफूले चिनेदेखि नै दाहाल एक धैर्यशील सर्जक भएको उनको भनाइ थियो । गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक… पुरा पढौ

हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य पुरस्कार

वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य स्मृति पुरस्कार–२०७८ प्रदान गरिएको छ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा दमौलीमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सो पुरस्कार अर्पण गरिएको हो। पुरस्कार छनोट समितिका संयोजक डिल्लीराम मिश्र श्रमजीवी, सदस्य एवं मञ्चका अध्यक्ष आकाश अधिकारी, कवि क्षेत्रप्रतापका सूपुत्र एवं पुरस्कारदाता अमनप्रताप अधिकारी, मञ्चका सल्लाहकार तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश, पदेन सदस्य डा.वासुदेव त्रिपाठीले पुरस्कारको लागि कोइरालालाई छनोट गरेको थियो। कवि क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा शनिबार दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा… पुरा पढौ

नेपाली लेखक संघको अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ

कवि तीर्थ श्रेष्ठ नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। पोखरामा शुक्रबार सम्पन्न संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट साहित्यकार समेत रहेका पोखरेली श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन्। अध्यक्षका लागि श्रेष्ठको मात्रै उम्मेदवारी परेको थियो। अन्य पदका लागि भने आज (शनिबार) मतदान हुनेछ। पुरा पढौ