असोज १ पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं लामाचौर तीज महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । महोत्सव अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालगायत विविध प्रतियोगिता प्रमुख आकर्षण रहे । ३ दिनसम्म चलेको महोत्सवको सोमबार समापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसखालका मेला महोत्सवले संस्कृति संरक्षणका साथै आर्थिक गतिविधि बढाउन मद्दत मिल्ने बताए । अन्तर महिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता दुवैमा लामाचौरकै…
पुरा पढौ