साहित्य र कला

गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती, कार्यक्रमलाई निरन्तरता दिन समस्या

साउन ५ पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ । आर्थिक वर्ष ०७९/०८० को तुलनामा यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको हो । यसरी कम बजेट विनियोजन हुँदा सुरुवात गरिएका केही कार्यक्रमलाई निरन्तर अगाडि बढाउन समस्या हुने देखिएको छ ।‘अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठानको लागि ३ करोड २८ लाख बजेट छुट्याइएको भएपनि यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको… पुरा पढौ

पोखरा थिएटरका विद्यार्थीद्धारा ‘करेसा कन्सर्ट’ तयार

पोखरा । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ । नाटकमा फर्सीबहादुरको रुपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अञ्जु दाहाल, गोलभेँडाको भूमिका रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रञ्जु दाहालले अभिनय गरेका छन् । त्यस्तै अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा… पुरा पढौ

शनिबार नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुने

असार ३ पोखरा । नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यस नाटकमा हाम्रो करेसावारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, कार्को, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको… पुरा पढौ

गोल्डेन ढाकाटोपीको सेमिफाइनलमा २४ समूह छानिए

पोखरा । मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन भएको थियो । उक्त चरणमा गण्डकी प्रदेशका ५३ वटा स्कुल सहभागी भएका थिए । समूह चरणबाट सेमिफाइनलमा २४ समूहले स्थान पक्का गरेको प्रतियोगिताका निर्देशक अमन तामाङले जानकारी दिए । ‘सुरुमा सहभागी हुने स्कुलले भिडियो पठाएर अडिसनमा भाग लिएका थिए । त्यही… पुरा पढौ

पत्रकार राम गुरुङलाई ‘रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार’

साउन २ पोखरा । फोटो पत्रकार राम गुरुङलाई छैटौं ‘रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार’ प्रदान गरिने भएको छ । पोखरामा मंगलबार पोखरा फोटोग्राफर संघको ४२ औं वार्षिकोत्सवका अवसरमा गुरुङलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । पुरस्कार छनोट समीति संयोजक घनश्याम पौडेल, फोटोपत्रकार संघ कास्की अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टिकाराम पराजुली र अक्षयकोषदाता तिर्थ श्रेष्ठ सदस्य रहेको समितिले गुरुङको नाम सिफारिस गरेको थियो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा… पुरा पढौ

डा. जगमान गुरुङद्वारा रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन

पोखरा ।आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनको छेको पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे । प्रमुख अतिथि डा. जगमान गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गरे । डा.गुरुङले भने ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । कार्कीले पथ प्रदर्शन गरेको मार्गलाई सन्ततिले अग्रजको योगदानलाई अभिलेखीकरण गर्नु… पुरा पढौ

कौराहा (कौडा) गीत: ‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘आए म त खैजरीको तालै सुनेरदिए मन तिमीलाई नै हजारौँमा चुनेर ।जिन्दगी त दुई दिनको पाहुना होबिताउँ जुनी हाँसेर माया गाँसेर ।’ पोखरा । गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि ? भन्ने चिन्ता छ, मगर समुदायलाई । यही चिन्तालाई मध्यनजर गर्दै… पुरा पढौ

खेम सारुलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार प्रदान

पोखरा । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो । रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् ।… पुरा पढौ

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

तनहुँ । भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ । तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् । “के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन”, पाउदुरे नाच्दै गर्नुभएकी मनिषाले भने, “त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई… पुरा पढौ

कविवर स्व तेजनाथ घिमिरेको कविता संग्रह बिमोचन

पोखरा । अग्रज कवि तेजनाथ घिमिरेको कबिता संग्रह “तेजनाथ घिमिरेका कबिता” को पोखरामा लोकार्पण गरिएको छ । स्वर्गिय कबिवर घिमिरेको बार्षिक पुण्य तिथिको सन्दर्भ पारी शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, बिशेष अतिथि बरिष्ठ कलाकार दुर्गा बराल ”बात्स्यायान”, बिशेष अतिथि संस्कृतिबिद तीर्थ श्रेष्ठ, बिम्व कबि रमेश श्रेष्ठ, घिमिरे पत्नि र पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।बिमोचित कबिता संग्रहको डा जगन्नाथ रेग्मीले परिचर्चा गरेका थिए ।… पुरा पढौ