साहित्य र कला

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ति

आज नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ति। वि.स. १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिएका युगकवि सिद्धिचरण श्रेष्ठको गीत ‘मेरो प्यारो ओलढुंगा’ बोलको गीत हरेक नेपालीहरुको जनजिब्रोमा अहिलेसम्म पनि कालजयी बनेको छ। विकृति, विसंगति र असमानताप्रति सचेत युग कवि श्रेष्ठको कवितामा समाज सुधारका भावहरु प्रसस्त भेटिनछन्। युगकवि श्रेष्ठको अर्को चर्चित गीत ‘आमा, तिनिहिरुले जेसुकै भनोस, म बहुला होइन’ भन्ने त्यत्तिकै चर्चित छ। युगकवि सिद्धिचरण श्रेष्ठ क्रान्तिकारी कवि थिए। कवि सिद्धिचरणले नेपाली र नेवारी भाषामा क्रान्तिकारी कविता लेखनअन्तर्गत क्रान्ति शब्दको प्रयोग… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले भर्चुअल रुपमा मनायो स्थापना दिवस

चलचित्र पत्रकार संघको २२ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष रेम विक, सल्लाहकार भोजबहादुर गुरुङ, जितेश प्रधान, राजाराम पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार समाजको सम्भाहक भएको बताइन् । चलचित्रले सिङ्गो देश परिवर्तनमा महत्वपूर्ण… पुरा पढौ

धम्पुस गाउँ प्रमोशनका लागि सालैजो गीत बजारमा

लोक गायक श्याम अधिकारीले सालैजो भाकामा पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्धनात्मक गीत बजारमा ल्याएका छन्। गायक अधिकारीलाई यस गीतमा बरिष्ठ लोकदोहरी गायिका शर्मिला गुरुङले साथ दिएकी छन्।गायक अधिकारीले दुई वर्ष अघि पनि ‘मेरै धम्पुस गाउँ’ बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका थिए। धम्पुस गाउँको चिनारीसहितको अधिकारीको गीतहरु देशी तथा विदेशी नेपाली लोक गीतका पारखीहरुले खुब मन पराएका छन्। लोकगीतमार्फत धम्पुस गाउँलाई देश तथा विदेशमा चिनारी गराउन पाउँदा आफूलाई गर्व लागेको गायक अधिकारी बताउँछन्। पुरा पढौ

रहेनन् प्रेमध्वज प्रधान

नेपाली सांगीतिक आकाशका एक नक्षत्र प्रेमध्वज प्रधानको निधन भएको छ । बरिष्ठ गायक प्रधानको काठमाडौंको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा विहीबार निधन भएको हो । ८४ वर्षिय प्रधानको उपचारको क्रममा निधन भएको संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रधान केहि दिन अगाडि अस्पताल भर्ना भएका थिए । छातीमा समस्या भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर उनको उपचारकै क्रममा निधन भएको परिवारलाई उद्धृत गर्दै शेषले भने । विसं. १९९४ सालमा… पुरा पढौ

उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ सार्वजनिक (भिडियो सहित)

पोखरा । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । आज युट्युवमार्फत सार्वजनिक गरिएको हो । केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायीका सरस्वती बताउँछिन् । यो गीत श्रोताले रुचाएमा छिट्ट समयसापेक्ष गीत लिएर आउने उनको प्रतिवद्धता छ । उनी पोखरामा नर्सिङ पेशामा आवद्ध छिन् । गायन क्षेत्रमा नवोदित भएपनि सामाजिक अभियन्ताको रुपमा पोखरामा समाज सेवामा लागिरहेकी छिन् । त्यस्तै अर्का गायक उज्ज्वल भने नेपालको लोकसंगित क्षेत्रमा परिचित नाम हो । गीतको… पुरा पढौ

आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस

आज अप्रिल महिनाको २३ तारिक अर्थात विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको बेला विश्व पुस्तक दिवसको नारा नै ‘कथा बाँडौ’ तय गरिएको छ। कोरोना जोखिम नियन्त्रणका लागि लकडाउन गरिएकाले मानिसको नजिकको साथी नै पुस्तक बनेको छ। सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्कोको महासभाले घोषणा गरेअनुसार अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने गरिन्छ। सन् १६१६… पुरा पढौ

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता

लमजुङमा वैशाखको आज (शुक्रबार)देखि ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ। दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेसीको भगवान् आधारभूत विद्यालयमा भोली (शनिबार) सम्म खुला रुपमा प्रतियोगिताको आयोजना गरिने भएको हो। ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले ठाडो भाकाका लागि पुरुष र महिला ३/३ जना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्ने प्रावधान राखिएको उल्लेख गरे। कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा… पुरा पढौ

थुलुङ दाइसँग माफी माग्न पाँइन !

चैत्रको अन्तिम हप्ता । पोखरामा पनि गर्मी बढिसकेको थियो । गर्मीले दिनभरि काम गर्न सकस हुने भएकोले प्रायः म साँझपछि कामको रफ्तारलाई बढि फोकस गर्ने गर्छु । अर्थात साँझको शीतल समयमा काममा बढि सक्रिय हुन्छु । कामको निरन्तरता कहिलेकाहीं बिहानको २÷३ बजे सम्म पनि लम्बिन सक्छ । कामै त्यस्तै किसिमको छ । त्यो दिन पनि राती अबेलासम्म काम गर्नुपर्ने अवस्था थियो । गर्मीले उच्चाटलाग्दो दिन ढल्किँदै गए पछि अलिकति हावाहुरी र हल्का झरी बोकेर नियमित साँझ आइपुग्यो । पोखराको केही… पुरा पढौ

रुकबहादुर गुरुङको कथा संग्रह विमोचन

चैत १५ पोखरा । समाजसेवी रुकबहादुर गुरुङद्वारा लिखित “आत्मबल बढाउने कथा संग्रह” आइतवार पोखरामा विमोचन गरिएको छ । संग्रहको गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोबिन्दबहादुर खाँण, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ र कथाकार रुकबहादुर गुरुङले विमोचन गरेका हुन् । आइतबार विमोचन भएको संग्रहमा ९८ वटा लघु कथा समावेश छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले कृतिको महत्व अमिट हुने बताए । भुपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे लगायतको रचनाको चर्चा… पुरा पढौ

तनहुँको पाथर्दी होमस्टेमा कवि सम्मेलन

पोखरा । तनहुँको भीमाद नगरपालिका–९ स्थित पाथर्दी होमस्टेमा राष्ट्रिय कवि सम्मेलन सम्पन्न भएको छ । शुक्ला साहित्य सङ्गम, दुलेगौँडाको आयोजनामा भएको सम्मेलनको चाँजोपाँजो पर्यटन प्रवर्धनका लागि भन्दै वडा नम्बर ९ को कार्यालयले मिलाएको थियो । २ दिनसम्म चलेको सम्मेलनको पहिलो दिन शुक्रबार स्थानीयवासीका तर्फबाट कौरा नृत्यको प्रस्तुतिसँगै केही रचना वाचन गरिएका थिए । सो कार्यक्रमकी प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ नमुना शर्माले गाउँ गाउँमा जीवित लोकसंस्कतिसँग मानव जीवन जोडिने हुनाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।… पुरा पढौ