साहित्य र कला

र्‍यान्डमको शतक शृङ्खलामा ‘अन्तर’को चर्चा

भदौ ३० पोखरा । पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्त्वपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसङ्ख्यकहरूका बारेमा जान्न चाहनेले यो कृति पढ्नैपर्ने उनको जिकिर थियो । ‘सायनले अन्तरमार्फत् यस्तो संवेदनशील विषयलाई छोएका छन्, जसमा केही गलत लेखिँदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरूलाई थप पीडा दिन सक्छ’… पुरा पढौ

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्धारा कुशे औंशी तथा मोती विमर्श

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट प्रतिभाको जन्मजयन्तीलाई जरो मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए । उनले मोतीराम र कुशे औँशीको स्मरण गर्दा एकातर्फ आफ्ना पिताप्रपिताको, अर्कातर्फ नेपाली गजलका पिताको स्मरण हुने भएकाले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लाग्नेहरू बीच… पुरा पढौ

नमुना आमा समुह बैदामको साधारण सभा तथा तिज मुजिक भिडियो छायाङकन

पोखरा । नमुना आमा समुह पोखरा महानगर पालिका वडा नं –६ बैदामको १४ औ बार्षिक साधारण सभा सोमबार सम्मपन्न भएको छ । संस्थाको सम्पन्न साभारण सभामा जुना अधिकारीले रचना गरेको “बुहारीको बेदना” नामक म्युजिक भिडियो छायाङकन गरिएको थियो । अनुप अधिकारी द्धारा निर्देशन गरीएको भिडियोमा एरेन्जर बिनोद रसाइली र स्वर अध्यक्ष जुना अधिकारीको रहेका छ । संस्थाको साधारणको उद्घाटन गर्दै प्रमुख अतिथि एवंम पर्यटन ब्यवसायी तथा सल्लहकार नर्मला कडेलले वडा न– ६ रहेको १० वटा आमा समुह मध्य नमुना आमा… पुरा पढौ

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, विपी साहित्य महोत्सव आजदेखि

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महामानव विपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विपी साहित्य महोत्सव’ हुन लागेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ विपी जन्मजयन्तीका अवसरमा… पुरा पढौ

अमृतको शब्दमा सविनाको ‘रहर’

पोखरा । गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’ को म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ । साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियोको लोकार्पण गरे । समानान्तर साहित्यिक मञ्चद्वारा आयोजिक लोकार्पण कार्यक्रममा उनले गीतको शब्द, स्वर र संगीतको संयोजन उत्कृष्ट रहेको बताए । गीतमा संगीत र एरेन्ज विनोद रसाइलीको रहेको छ । म्युजिक भिडियोको सम्पादन र निर्देशन समेत उनैले गरेका हुन् । गीतमा अनुप अधिकारी र अञ्जु मगरको अभिनय रहेको छ । गीतको छायांकन… पुरा पढौ

आमा समुहको कार्यक्रममा सन्देश मुलक तिज गित

दिदि बहिनी दाजु भाई तिजको शुभकामनासुस्वास्थ्य र दिर्घायुको हाम्रो कामनाटोलटोलमा जानु हुन्छ सचेतना जगाउदैपैचानको प्रतिक रङ मिलेका साडी लगाउँँदैसंस्कृति र संस्कार जोगाउनु छ मिलेरटोल विकासमा अघि बढौ एकजुट भएर गण्डकी । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले स्थानीय शुभकामना आमा समुहको २१ बार्षिक साधारण सभा एवम् तिज पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त सन्देश मुलक गित सुनाएका हुन् । एउटै रङका साडीमा सज्जिएका आमाहरुले तिज पर्वलाई भड्किलो नभई सामुहिक रुपमा मनाउने संस्कारको विकास भएको वताउँदै उनले… पुरा पढौ

विद्यालय नाटक महोत्सवको तयारी तिव्र, तालिका सार्वजनिक

पोखरा । पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल भइरहेको छ भने स्टेज र सेट डिजाइनको लागि समेत तिव्रताका साथ काम भइहरको आयोजकको भनाई छ । यहीं भाद्र २७ गतेदेखि सुरु हुने नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन हुनेछन् । महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए । महोत्सवको लागि… पुरा पढौ

पोखरामा बालन नाच देखाइयो

भदौ २२ पोखरा । पोखरामा श्रीकृष्ण लिला (बालन नाच) प्रदर्शन गरिएको छ । हराउदै गइरहेको नाचको संरक्षण गर्ने उद्धेश्यले पोखरा सभागृह हलमा भव्य कार्यक्रम आयोजना गरेर बालन नाच प्रदर्शन गरिएको हो । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको यो कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० जना कलाकारले प्रस्तुती राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए । प्रवेश निःशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक सभागृह हलमा पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षस कंसको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा… पुरा पढौ

तायामचा नृत्य प्रतियोगिताका विजयी टोलीलाई नगद हस्तान्तरण

भदौ २१ पोखरा । नेवाः खलः कास्कीले तायामचा नृत्य प्रतियोगिता २०८० का विजयी टोलीहरुलाई आज नगद पुरस्कार हस्तान्तरण गरेको छ । नेवाः खलः कास्कीको आव्हानमा भदौ १६ गते पोखरा रानीपौवास्थित रानीपौवा तायामचा नाँच समितिको संयोजनमा रानीपौवामा नृत्य प्रतियोगितामा गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम स्थान हाँसिल गर्ने तायामचा नाँच समिति तेर्सापट्टीले नगद ३ लाख १ रुपैयाँ र सम्मान पत्र प्राप्त गरेको छ । दितिय हुने नयाँबजार सांस्कृतिक समितिले २ लाख १ रुपैयाँ तथा तेश्रो हुने भीमसेनटोल तायामचा नाँच समितिले नगद… पुरा पढौ

कला संस्कृतिवाटै मानव सभ्यताको विकासः सासंद भट्टराई

शुक्ला साहित्य प्रतिष्ठानले गरेको कृष्ण भजनमा पाल्पा उत्कृष्ट, पोखरा । पोखराको वाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह उत्कृष्ट हुदै प्रथम भएको छ । श्री कृष्णजन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समुह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समुह फुलवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख, द्वितियलाई ७५ हजार,… पुरा पढौ