साहित्य र कला

महादेवको मूर्ति निर्माणको काम गर्दै

पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा विशाल महादेवको मूर्ति निर्माणको काम गर्दै । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेवको मूर्तिसहितका संरचना निमार्णको काम तिब्ररुपमा भइरहेको छ । तस्वीर ः राधिका कँडेल पुरा पढौ

सिन्धुपाल्चोकका महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन । नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट, कल्लेरी हाल बलेफी गाउँपालिका वडा नं २० मा जन्मिएका न्यौपानेका दर्जन हाराहारी महाकाव्य प्रकाशित छन् । ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहनुभएको न्यौपानेले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन । लोकभाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य… पुरा पढौ

अस्ट्रेलियाको तास्मानियामा दोस्रो पटक ‘आमा’ प्रदर्शन हुँदै

कार्तिक २६ पोखरा । अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा पुनः प्रदर्शन गरिने भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो पटक तिहारको अवसरमा भाइटीकाको भोेलीपल्ट प्रदर्शन गरिने भएको हो । एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन हुँदैछ । कोरोनाभाइरस महामारीको कारण विश्वकै चलचित्र क्षेत्र ठप्प रहेकोे अवस्थामा तास्मानियामा आमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । अवस्था जे भएपनि चलचित्र क्षेत्र विस्तारै उठ्ने क्रममा रहेको सन्देश दिने… पुरा पढौ

सञ्चारमन्त्रीको मुहार चित्रबाट शुरु भयो ‘हन्ड्रेड आवर्स’

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गरेका छन् । उनले मन्त्रीलाई सामुन्य बसाएर उनको मुहारलाई क्यान्भासमा रङ भने । उक्त समारोहमा मन्त्री गुरुङले भने, “विश्व अभिलेख राख्ने लक्ष्यसहित आयोजित कार्यक्रमले नेपालको कलासंस्कृतिलाई विश्वसामु पु¥याउने महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले कलासंस्कृतिको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने आश्वासनसमेत दिए । उनले कलाकारिताको क्षेत्रबाट विश्वलाई जोड्ने प्रयास गरेकामा… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघको आकस्मिक रक्तदान

कार्तिक २२ पोखरा । संगीतकर्मी संघ कास्कीको आयाजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीको समयमा अस्पतालका वेडमा उपचारत विरामीहरुलाई रगतको कमी नहोस् भन्ने हेतुले संघले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर वास्तोलाले उद्घाटन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेर संगीतकर्मी संघले अत्यन्तै राम्रो कार्य गरेमा धन्यवाद दिर्दै अन्य कार्यक्रम गर्दा वडा पनि साथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना बास्तोला, राष्ट्रिय… पुरा पढौ

पाँडे र पौडेललाई भैरव पुरस्कार

नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुन भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश ः एक लाख रुपियाँ र ५० हजार रुपियाँ रहेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेका… पुरा पढौ

संगतको फल(कथा)

एक दिन साथीले घर भन्दा अलि टाढा घुम्न जान आग्रह गर्यो म साथीले भनेपछि अनेकौं बहाना गरेर पनि घरबाट निक्लिएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा कालो दिन थियो । शहरबाट गाउँमा पढ्न अाएको अल्लारे केटाको साथमा नलाग्न बुवाले धेरै पटकपटक भन्नुभएको थियो तर मैले मानिन । बुवा अामाको अाँखा छलेर पनि म उसँग बाहिर जान्थे । त्यो दिन साँझको समय थियो । मौसम एकदमै सुन्दर पानी पर्ला पर्ला जस्तो , सरसरर हावा चलेको थियो । आकासमा थोरै थोरै बादल… पुरा पढौ

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत… पुरा पढौ

राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीको प्रथम साधारण सभा सम्पन्न

कार्ति १६ पोखरा । राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीले उद्घाटन गर्दै कलाकारहरूको हक हितका लागि अगाडि बढ्न कास्की शाखा तत्पर रहिरहेको र भावी दिनमा पनि अझ बढी सक्रिय हुने विश्वास व्यक्त गरसाधारण सभाले विभिन्न पदहरुमा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै संस्थाको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन वस्ताकोटीलाई चयन गरेको छ ।त्यसै गरी संगठन विभाग… पुरा पढौ

ग्लोबल मदर डिभाइनको ‘भावातीत अनुभूति’ भजन सङ्ग्रह सार्वजनिक

नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ध्यानका क्रममा अनुभूति हुने विषय समेटिएको ‘भावातीत अनुभूति’ नामक भजन सङ्ग्रह सार्वजनिक गरेको छ । सङ्ग्रहमा गायक शिव परियारको स्वर, रामकुमार रिमालको सङ्गीत, कल्पना सेवानी घिमिरेको शब्द र सङ्गीत संयोजन बिएन निराकारको रहेको छ । ‘जगत् जननी अम्बे भवानी’, ‘धरा धामलाई स्वर्ग बनाउन ज्ञान र शक्ति भरिदेऊ’ र ‘धराधाम यो स्वर्ग बनाऊ, वैदिक आत्मिक विश्व बनाऊ’ जस्ता बोल समेटिएका छन् । ‘जहाँ छौ माता त्यहीँबाट नै दिव्यदृष्टि फैलाइदेऊ’, ‘विश्वलाई शान्त बनाउन ज्ञान र शक्ति भरिदेऊ’… पुरा पढौ