समाचार

प्रतिनिधिसभाको बैठक यही जेठ ६ गते बस्ने गरि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ । यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । तर विशेष कारणले… पुरा पढौ

किसानलाई उद्यमशीलतासँग जोड्न नगरपालिकाद्वारा मौरी घार वितरण

वालिङ । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ९मेडपा० अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उनले भने, “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै… पुरा पढौ

गोरखामा आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान

गोरखा । गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ । अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पु(याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो”, उनले भने, “यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ ।” स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले… पुरा पढौ

पोखरा २८ मा कृषि यान्त्रिक र मौरी घार वितरण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२८ ले वडा भित्रका कृषकलाई कृषि यान्त्रिक र मौरी घार वितरण गरेको छ ।पोखरा महानगरपालिका वडा नं.२८ र पोखरा महानगर कृषि महाशाखाको समन्वयमा पचास प्रतिशत अनुदानमा २० वटा कृषि यान्त्रिक र १ सय वटा मौरी घार वितरण गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कृषि यान्त्रिकको प्रयोग गर्दै खेती योग्य बाँझो जमिनमा कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषि उत्पादन मानव जातिको स्वास्थ्यसँग जोडिएको बताउँदै वडा अध्यक्ष लामिछानेले परम्परागत रुपमा प्रयोग… पुरा पढौ

कोदोका परिकारको माग बढेपछि कोदो खेतीतर्फ आकर्षित पर्वतका किसान

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । पहिले–पहिले… पुरा पढौ

वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान,६० युनिट रगत संकलन

पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले संस्थाका अध्यक्ष सुजन श्रेष्ठलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेकी थिइन् । सो अवसरमा महासंघ अध्यक्ष भण्डारीले रक्तदान मानव जीवनकै उत्कृष्ट कार्य भएको भन्दै रक्तदानबारे अझै पनि जनचेतना जगाउनुपर्नेमा जोड दिइन् । वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनुपर्ने भन्दै उनले यस पेसाका नाममा हुने गरेका ठगी नियन्त्रणमा संघ सक्रिय हुन आवश्यक रहेको बताइन् ।… पुरा पढौ

कोदोखेतीतर्फ पर्वतका किसानको बढ्दो आकर्षण

परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । पहिले–पहिले कोदोको ढिँडो,… पुरा पढौ

सेन्ट्रल गार्डनको एसइइ विद्यार्थीसँग अन्तरक्रिया

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइइ विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । क्लबले क्लबको पढाऔं अभियान अन्तर्गत वैशाख १२ गतेदेखि सञ्चालित उद्घोषण, नेतृत्व विकास, भाषणकला, प्रतिवेदन लेखन र आधारभूत कम्प्युटर तालिमका विद्यार्थीसँग सिकाइ उपलब्धिबारे अन्तरक्रिया गरेको हो । क्ललबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले हरेक वर्ष पढाऔं अभियान अन्तर्गत दुई लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले क्लबले स्थापनाकालदेखि पढाऔं अभियान अक्षयकोष स्थापना गरी हरेक वर्ष एसएलसी दिएका सीमान्तकृत समुदायका… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

पोखरा । पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए । अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको वृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिए । नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक कर्मचारीको वृत्ति… पुरा पढौ

वियोण्ड एजुकेशनको शाखा कर्नाटकको वैङलोरमा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको वियोण्ड एजुकेशन एण्ड इम्मिग्रेसन सर्भिसेज प्रा.लि. (वियोण्ड कन्सल्टेन्सी) ले भारतको बैंङलोरमा शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगा निभा गल्लीमा २०७८ सालदेखि संचालनमा रहेको उक्त कन्सल्टेन्सीले भारतिय तथा नेपाली विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, डकुमेन्टेशन, भाषा अध्यापन, कानुनी सचेतना लगाएतका सेवा प्रदान गर्न कर्नाटक राज्यको बैंङलोरको वस्याल सर्कल, राजाजी नगरमा शाखा खोलिएको प्रबन्ध निर्देशक सुरेश थिङले वताए । उनले वियोण्ड एजुकेशनबाट अमेरिका, क्यानडा, यु.के., न्युजिल्याण्ड, स्विजरल्याण्ड लगाएतका देशका विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई भर्ना प्रकृयामा… पुरा पढौ