समाचार

तनहुँमा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि सम्झौता

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने प्रयास थालिएको हो । वडा कार्यालय र गुरुङ मगर सांस्कृतिक एकता समाजले यहाँ २९ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि सम्झौता गरेका छन् । वडाध्यक्ष नारायणसिंह थापा र समाजका अध्यक्ष मनराज गुरुङबीच वडाले एकता समाजलाई बुद्ध मूर्ति निर्माणमा सहयोग गर्ने र समाजले मूर्तिसहितको संरक्षणको सम्पूर्ण स्वामित्व लिने विषयमा सम्झौता भएको हो । यस… पुरा पढौ

बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पर्वत । छिमेकी जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पूरा हुन सकेको छैन । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र बागलुङको जैमिनी नगरपालिका–१ जोड्नेगरी निर्माण सुरु भएको पुल नौ वर्षसम्म पनि अधुरै रहेको हो । ३० महिनामा निर्माण कार्य सक्नेगरी २०७३ असोज ९ गते सम्झौता गरिएको भए पनि अहिलेसम्म पूरा हुन नसकेको हो । सम्झौता अवधिअनुसार २०७६ असारमै पुल बनिसक्नुपर्ने थियो । जैमिनीघाटमा निर्माणाधीन यो पुल निर्माणको जिम्मा रसुवा÷श्री गीता÷फेवा संयुक्त निर्माण कम्पनीले पाएको थियो… पुरा पढौ

बागलुङको जनजाति सङ्ग्रहालय अधुरै

बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । विसं २०७५ देखि सुरु गरिएको काठेखोला–४ तङ्ग्रामस्थित जनजाति सङ्ग्रहालय बजेट अभावमा अधुरै रहेको छ । तङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो । गाउँपालिकाबाट ‘एक वडा एक गौरवको योजना’अन्तर्गत हालसम्म झन्डै रु ५८ लाख रकम खर्च भइसकेको छ । अहिले सङ्ग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ । उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको… पुरा पढौ

घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो । उक्त मार्गले व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कुल एक हजार नौ सय ५० मिटर ढलान सडकमध्ये एक हजार छ सय मिटर सम्पन्न भइसकेको छ । चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका… पुरा पढौ

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो । बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ । रासस पुरा पढौ

चापाकोटकी लक्ष्मी बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै

वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताए । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई÷चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उनले भने, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।” आफूले उत्पादन गरेका तरकारी घरदैलोमै… पुरा पढौ

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि… पुरा पढौ

वाङ्मयका अग्ला साधक छोटा

प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेले । तर त्यही नाटकले दिएको नामले भने उनलाई कहिल्यै छोडेन । उनको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली वाङ्मय वृत्तमा भने प्रेम छोटाले चिनिन्छ । विसं २०१४ तिरको कुरा हो । बागलुङका कलाप्रेमी युवाहरुले नाटक ‘मनोमानी’ मञ्चन गरे । जुन नाटकमा एकै नामका दुई पात्र थिए । एउटा हवल्दारको भूमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ अर्का बाल पात्र प्रेमप्रसाद श्रेष्ठ । हवल्दार बनेका प्रेमप्रसाद अग्लो, बाल कलाकार प्रेमप्रसाद यसै पनि होचो कदको थिए ।… पुरा पढौ

म्याग्दीको दरबाङ सडक कालोपत्र

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ । विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । मालिका गाउँपालिका–६ दरवाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको सडक कालोपत्र गरेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको महासङ्घले जनाएको छ । यसैगरि , आज चाँदीको भाउ प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच रुपैँयामा कारोबार भैरहेको छ । पुरा पढौ