समाचार

बलात्कार मुद्दामा क्रिकेटर लामिछाने निर्दोष ठहर

काठमाण्डौं । क्रिकेटर सन्दिप लामिछाने बलात्कारसम्बन्धी मुद्दामा निर्दोष ठहरिएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो । फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसियाली मनाएका छन् । पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक… पुरा पढौ

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य

काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो । योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राँै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनको अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पु¥याउने लक्ष्य छ । उहाँका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी… पुरा पढौ

लम्जुङको उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ । यहाँको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख दोस्रो सातादेखि सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । उनका अनुसार बारम्बार ताकेता गरी कारबाही प्रक्रिया समेत अघि बढाएपछि निर्माण व्यवसायीले काम थालेको हो । यतिबेला नाली बनाउने, ‘बेस’ हाल्ने र कालोपत्रका लागि क्रसरलाई कच्चा पदार्थ खोज्ने काम भइहेको पूर्वाधार कार्यालयका प्रमुख सिग्देलले जानकारी दिए । सरकारले एक पालिका एक… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज ९चरण०का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो । प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज–१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज–३ मा प्रसारण लाइनका लागि रुख कटान… पुरा पढौ

‘भ्यू पोइन्ट’मा पर्यटकीय पूर्वाधारले लोभ्याउँदै पर्यटक

गलकोट । झाँडीले भरिएको भिरालो जग्गा, कालीगण्डकीले कटान गरेको पहराको खोँच । त्यही खोँच अहिले पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । पर्यटकीय पूर्वाधार निर्माणसँगै व्यवस्थित बनाइएको यहाँको बिपी उद्यान अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर आउनेजाने जो कोहीको ध्यानाकर्षण गर्ने थलोका रुपमा विकास भएको छ । विसं २०७६ सम्म झाडीले भरिएको डरलाग्दो भिरमा थपिएका पर्यटकीय पूर्वाधारसँगै पहरामाथि खोपेर हालै निर्माण गरिएको ‘भ्यू पोइन्ट’ले सबैको ध्यान केन्द्रित गर्न थालेको स्थानीय बताउँछन्… पुरा पढौ

सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमबाट रघुगङ्गा–३ राहुघाटको अम्वाङ जोड्ने एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो ९एलएनटी० सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । जनप्रतिनिधि र सरोकारवालाको दबाब तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले २७ महिनापछि राहुघाटमा सबस्टेसनको काम थालेको डाँडाखेत–राहुघाट प्रसारण लाइन… पुरा पढौ

फेवातालमा जलकुम्भि हटाउन शुरु, ज्यालादारी रकम पोखरा ६ ले व्यहोर्ने

पोखरा । फेवातालको जलकुम्भी हटाउन १५ दिन दैनिक सरसफाई गरिने भएको छ । जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत यो अभियान चलाइएको जनाइएको छ । जहाँ हरेक दिन स्थानिय ४० जना जलारीले जलकुम्भी हटाउनेछन् । त्यसबाहेक अन्य ईच्छुकलेपनि स्वयम्सेवी रुपमा सहभागिता जनाउन सक्ने जनाइएको छ । जलकुम्भीले भरिएपछि मात्र सरोकारवालाको आँखा खुल्ने गरेकाले यस वर्ष बेलैमा मुहान… पुरा पढौ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्ने

दमौली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए। मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका… पुरा पढौ

तनहुँको म्याग्दे गाउँपालिकाका किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्धेश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ । डा. शाहले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आवद्ध कृषकसँग भुरा प्राप्तिका… पुरा पढौ