समाचार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

जेठ १ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । (राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः) प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १) सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको… पुरा पढौ

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा

जेठ १ काठमाण्डौं । सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यकममा कृषि, पशुपन्छीपालन र वनको अन्तरसम्बन्ध स्पष्ट हुनेगरी भू–उपयोगमा आधारित कृषि प्रणालीको विकास गरिने उल्लेख छ । “वर्तमान सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ”, नीति तथा कार्यक्रममा भनिएको छ, “देशमा आन्तरिक… पुरा पढौ

पोखरा स्थित स्टेप बाई स्टेप माविमा विभिन्न सर्कलहरू पुनर्गठन

पोखरा । पोखरा स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा विभिन्न सर्कलहरु पुनर्गठन गरिएको छ । विद्यालयमा पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको पुनर्गठन गरिएको हो । निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरी प्रत्यक्ष निर्वाचन मार्फत उक्त कार्यसमिती गठन गरिएको हो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुष पौडेल, उपाध्यक्ष आयुषा थापा, सचिव मेलिना पुन, कोषाध्यक्ष सुविन गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा आइशा थापा, आकृति सापकोटा, अविरल कुँवर, दृश्ना गिरी, प्रिशा गौतम र… पुरा पढौ

पोखरा महानगरका मेलमिलापकर्तालाई पुुनर्ताजगी तालिम

पोखरा । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी तालिम सुरु भएको छ ।“मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुुरुङले पोखरा महानगरपालिका न्यायिक समिति उत्कृष्ट रहेको उल्लेख गर्दै उत्कृष्ट बनाउन मेलमिलापकर्ता लगायत सबैको भुमिका महत्वपूर्ण रहेको बताए । सरकार बन्नका लागि कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका हुनुुपर्ने बताउदै उहाँले सरकारको न्यायपालिकाको रुपमा न्यायिक समिति रहेको… पुरा पढौ

माछा पालनबाटै समृद्धिको ढोका खोल्दै रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी

पोखरा । नेपालमा अहिले सहकारीहरु बद्नाम छन् । सहकारीका ठग सञ्चालकहरुले बचतकर्ताको रकम अपचलन गरेका खबरहरु दिनहुँ आइरहेका छन् । जसका कारण बचतकर्ताहरु घर न घाटको अवस्थामा पुगेका छन् भने उनीहरु आफैले बचत गरेको रकम फिर्ता माग्दै आन्दोलनमा होमिनुपरेको अवस्था छ । सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धिको ढोका खोल्न तल्लिन छ । रुपातालको पुर्नस्थापनासँगै माछापालनमार्फत स्थानियको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित यो रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडले माछापालनबाटै स्थानियबासीको समृद्धि… पुरा पढौ

तनहुँ स्थित आँधीमूलका जलदेवता मानिने माछा धामाधम मरे

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन । आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन । उनले भने, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका… पुरा पढौ

दश महिनामा ६० प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा रु ११… पुरा पढौ

रोटरी क्लव अफ लेखनाथद्धारा आयोजित आँखा सिविरमा दुई सय पाँच जना लाभाम्वित

लेखनाथ । कास्कीको रुपा गाउ पालिकामा रोटरी क्लव अफ लेखनाथले राखेको आँखा सिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग,ग्रिन डेभलपमेण्ट बैक र कामना सेवा विकास बैकको आर्थीक सहयोगमा रुपा गाउपालिकाको वडा नं ५ देउरालीमा रहेको विश्वशान्ति माविमा अध्यनरत विद्यार्थीहरुलाई केन्द्रित गरि सिविरको आयोजना गरिएको हो । वर्ष ३ का विनय कुमालको आँखा परिक्षण गरि सुरु भएको कार्यक्रममा वोल्दै रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले आँखाको उचित तरिकाले हेरचाहा गर्न अनुरोध वालवालिकाले मोवाईलको प्रयोग वढि… पुरा पढौ

गणतन्त्र दिवस जेठ १४, १५ र १६ गते मनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन । प्रधानमन्त्री दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव… पुरा पढौ

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन। राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना ९२०८१र८२–२०८५र८६० को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा… पुरा पढौ