समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेसद्धारा सर्वोच्चमा रिट दायर

वैशाख २५ काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिइएको छ । गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त विवादको सुनुवाइ यही वैशाख २७ गते हुने तय भएको छ । विश्वासको मत लिँदा प्रदेशसभाको बहुमतको गणना अवैधानिक रुपमा गणना… पुरा पढौ

‘ट्राफिक सप्ताह–२०८१’: सवारी दुर्घटना न्यूनीकरण गर्न सामूहिक प्रयत्न आवश्यक

गोरखा । बढ्दो सवारी दुर्घटना न्यूनीकरण सामूहिक प्रयत्नबाट मात्र सम्भव रहेकामा सरोकारवालाले जोेड दिएका छन् । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गोरखामा आजदेखि सुरु भएको ‘ट्राफिक सप्ताह–२०८१’ को उद्घाटन कार्यक्रममा सहभागीले ट्राफिक प्रहरी मात्र दुर्घटना रोकथाम र न्यूनीकरण गर्न पर्याप्त हुन नसक्ने बताएका हुन् । सडकमा ट्राफिक प्रहरीले सम्भावित दुर्घटना रोकथामका लागि निरन्तर प्रयाससँगै समुदाय, नागरिक, चालक, यात्रु तथा यातायात व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नसके दुर्घटना रोकथाम र न्यूनीकरण गर्न सकिने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।… पुरा पढौ

पर्वतमा साढे सात महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

पर्वत । साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् । खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन् । वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन । सिँचाइको सुविधा भएका ठाउँका… पुरा पढौ

डा. हुसेनद्वारा लिखित ‘स्थानीय सिपिमा मोतिपालन गर्ने प्रविधि’ पुस्तक विमोचन

गण्डकी । वरिष्ठ वैज्ञानिक डा मोहमद ईकवाल हुसेनद्वारा लिखित ‘स्थानीय सिपिमा मोतिपालन गर्ने प्रविधि’ विषयक पुस्तक विमोचन गरिएको छ । ‘मत्स्य जैविक विविधता, खाद्य सुरक्षा तथा पोषण र आयआर्जनको एक मात्र आधार मत्स्य अनुसन्धान’ नाराका साथ मत्स्य अनुसन्धान केन्द्र पोखराद्वारा ३३औँ नेपाल कृषि अनुसन्धान परिषद् स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उक्त पुस्तक विमोचन गरेका हुन् । मत्स्य अनुसन्धान केन्द्र पोखराको पोखरीमा र तालहरुमा गरिएका सिपिमा मोतिपालनसम्बन्धी अनुसन्धानात्मक प्रयासको अनुभवको आधारमा पुस्तक तयार… पुरा पढौ

विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने तयारीमा सरकार

सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा… पुरा पढौ

नेपाल कृषि अनुसन्धान परिषदको स्थापना दिवसमा बेगनासतालमा माछाको भुरा छाडियो

पोखरा । नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा माछाको भुरा छाडिएको छ । परिषदले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार माछाको भुरा छाडेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मत्स्य अनुसन्धान केन्द्र बेगनासतालका प्रमुख डा.मोहम्मद ईकबाल हुसेनलगायतले सहरलगायतका माछाका भुरा छाडेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वातावरण जोगाईराख्न सिमसार जोगाउनु आवश्यक रहेको बताए । अहिले पोखराका सबै तालहरुका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै सिमसार जोगाउन सबै… पुरा पढौ

चलचित्र पत्रकार संघ नेपाल कास्कीको भित्तेपात्रो विमोचन

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको… पुरा पढौ

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखाको पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । “नौमती पञ्चेबाजाको संरक्षण र संवद्र्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो”, उनले भने, “यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछभने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ ।” पछिल्लो… पुरा पढौ

वर्षाले डढेलो निभाउने आशा

लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ । सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन । मौसमविद्हरुले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको बताए । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार… पुरा पढौ

जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा १६७ दशमलव तीन मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । तिल्केनीचौरदेखि मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–घ्याँसीखर्क हँुदै सेतिनी उपत्यकासम्म जलविद्युत् आयोजनाले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धुलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको रघुगङ¬्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाहीले बताए । “पहुँचमार्ग मर्मत र स्तरोन्नति गर्न… पुरा पढौ