समाचार

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास महिलाहरु

ढोरपाटन । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थे । हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उनी अहिले हरेक दिन उद्यमशील महिला मगर संघले सञ्चालन गरेको दुना टपरी उद्योगमा विताउछन् । अचेल उनलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिना अगाडि उद्यमशील… पुरा पढौ

पोखरामा सडक आश्रीत मानबमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक

पोखरा । जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानबमुक्त जिल्ला कार्यान्वयनका सन्दर्भमा कास्की जिल्लास्तरिय समन्वय बैठक एबम अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख सरिता मालले सडक मानबमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाहरूको सामुहिक प्रयासले मात्रै संभब हुने उल्लेख गरे । उनले कार्यान्वयनका लागि समन्वय बैठक आयोजना गरिएको बताए।मालले अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रीत मानव नहुने गरि ऊनीहरूको उद्धार , पुनर्स्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन… पुरा पढौ

डढेलो नियन्त्रणका लागि बन्दीपुरको समुदायस्तरमा सचेतना

दमौली । बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय जिल्लाभर डढेलोको प्रकोप बढ्दै गएकाले नियन्त्रणका लागि समुदायस्तरसम्म पुगेर सर्वसाधारणलाई सचेतना प्रदान गर्न थालिएको हो । बन्दीपुर गाउँपालिकाले सोमबार पौवामा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । डढेलो लगाउने क्रम बढेकाले यसलाई नियन्त्रणका लागि स्थानीयवासी चनाखो बन्नुपर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । त्यसक्रममा उहाँले डढेलोेले पु¥याउने क्षति, नियन्त्रणमा स्थानीयले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराए । सोही कार्यक्रममा नेपाली सेनाको रुरु भैरव दल गणका… पुरा पढौ

काठमाडौबाट शैक्षिक भ्रमणमा गएको बस मुस्ताङमा दुर्घटना, २१ जना घाइते

पोखरा । काठमाडौबाट शैक्षिक भ्रमणका लागि मुस्ताङ गएको बस दुर्घटना हुदा २१ जना घाईते भएको छ । प्रदेश नं.३–०१००६ख ६२२ को बस मुक्तिनाथबाट फर्किने क्रममा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीको घुम्तीमा दुर्घटना भएको हो । अनामनगरमा रहेको लिवरटी कलेजबाट उक्त गाडी ३३ जना विद्यार्थी लिएर गएको प्रहरीले जनाएको छ । बसमा सवार २१ जना सामान्य घाइते भएका छन् । उनीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३… पुरा पढौ

तनहुँका ४ वटा वडा जोड्ने सडक स्तरोन्नतिको सम्झौता

दमौली । जिल्लाको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । नगरपालिकाले निर्माण व्यवसायीसँग पराशरमार्ग स्तरोन्नतिका लागि सोमबार सम्झौता गरेको हो । विश्व बैंकको ऋण सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने उक्त मार्ग कालोपत्रका निम्ति सम्झौता गरी काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। उक्त सडकले बुल्दीखोला, बेल्टारी, फराकचौर, अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, कुमालगाउँ, समता स्कुल, कलेस्तीलगायत स्थान जोड्छ । दश दशमलगव ५५ किलोमिटर उक्त सडकखण्डमा… पुरा पढौ

मनाङमा लुलुगाई मारेको आरोपमा तीन पक्राउ

मनाङ । मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् । उनीहरुले आइतबार… पुरा पढौ

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत । फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइलगायत कारणले खाली छन् । मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक÷एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए। ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको… पुरा पढौ

गोरखामा ‘अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ । घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेहलगायत… पुरा पढौ

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी, । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४… पुरा पढौ

इलाम क्षेत्र नं २ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

फिक्कल । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५०… पुरा पढौ