समाचार

पोखरामा किसानका लागि आइपिएम पाठशाला

कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए । व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्ररित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ । हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन गरिएको… पुरा पढौ

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताएका छन् । उनले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गरे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई पोखरामा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।… पुरा पढौ

होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी व्यवसायी आबद्ध

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । “पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध छन्”, उनले भने, “सबैभन्दा बढी नवलपुरमा करिब दुई हजार होटल व्यवसायी महासङ्घमा जोडिएका छन् ।” कोभिड–१९ महामारीका बेला गरिएको जिल्लागत अध्ययनले आठ हजार बढी होटल गण्डकी… पुरा पढौ

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ ।विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत… पुरा पढौ

नेपाल छाङहिन अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने

पोखरा । नेपाल छाङहिन अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। मे २४(२६ , २०२४ मा काठमाण्डौको दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा सहभागी जनाउन १६ एशियाली मुलुक लगाएत अन्य देशका खेलाडीहरुले सहमागिता जनाउने आयोजकले बताएको छ । नेपाल सिएच आईटीएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर कुशलका अनुसार नेपाली खेलकुद जगतमा नेपाललाई विश्व सामु चिनाउने हेतुले कार्यक्रम आयोजना गर्न लागिको हो । उनका अनुसार यस प्रतियोगिताले खेल संगै नेपालको पर्यटन प्रबर्द्धन… पुरा पढौ

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली

वैशाख १८ इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु ”, अध्यक्ष ओलीले भने, “ अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने

वैशाख १८ पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि… पुरा पढौ

सिकोका सिपबाट आर्यआर्जन गरी फाइदा लिनुहोस् : अध्यक्ष कार्की

वैशाख १८ पोखरा । पोखरा महानगरपालिका १४ नं. वडा कार्यालयका अध्यक्ष बोधबहादुर कार्कीले तालिम र सिप सिकेपछिको समयलाई आयआर्जनमा जोडेर फाइदा लिन आग्रह गरेका छन् । महिलाहरूका लागि पन्ध्रदिने गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापनका क्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै कार्कीले भने फुर्सदको समयमा उत्पादन गरेका चिज खेरा गएन भने फाइदा तपाईंलाई नै हो वडालाई दिनु पर्दैन । आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले मेसिन उकरण सहयोग गर्ने काकीले बताए । विधाता… पुरा पढौ

चिल्ड्रेन नेपालको सामाजिक लेखाजोखा परिक्षण सम्पन्न

पोखरा । पोखरा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था चिल्ड्रेन नेपालले आ.ब. २०७९/०८० को सामाजिक लेखाजोखा परिक्षण गरेको छ।कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सामाजिक लेखाजोखाको महत्वमाथि जोड दिदै सामाजिक लेखा परिक्षकले बिधि पूर्बक संस्थाको यथार्थता प्रष्ट हुने गरि प्रस्तुत गरेको भन्दै प्रशंसा ब्यक्त गरे । उनले समाजमा रहेका बिभेद, गरिबी, बेरोजगारी, शैक्षिक, स्वास्थ्य सामाजिक समस्या हटाउन आफू गैर सरकारी संस्थाहरुसॅंग सहकार्य र सहजिकरण गर्न सदैब तत्पर रहेको प्रतिबदिदता ब्यक्त गरे ।कार्यक्रममा… पुरा पढौ

सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

पोखरा, बैशाख १८ सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले विश्वासको मत लिने बाटो खुल्ला गरिदिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाईसमेत गणना गरेको र सोहि आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा… पुरा पढौ