समाचार

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन । बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरूद्धका खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायत एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धका खोप लगाइका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारसँगको समन्वयमा १० पालिकाका दुई लाख ३५ हजार पशुचौपायामा खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायत रोगविरुद्धका खोप… पुरा पढौ

च्याउखेतीमा प्रविधिको प्रयोग

गण्डकी । पोखरा महानगरपालिका–११ मा धु्रवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गरेको केही समय मात्रै भयो । विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उनले व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गरे । कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको सोचलाई व्यवहारमा नै उतारेका थापाले २०७४ देखि नै त्यसका लागि अध्ययन एवं अन्य प्रक्रियागत काम सुरु गरेका थिए। उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा हाल च्याउखेती गरिरहेका छन् । यसका लागि चीनबाट सामान ल्याएका छन् । विसं २०७७ फागुनमा निर्माणका काम सकेपछि… पुरा पढौ

लोकतान्त्रिक अभ्यास गरि मनाङमा जिल्ला बाल सञ्जाल गठन

मनाङ । हिमाली जिल्ला मनाङका बालबालिका लोकतान्त्रिक अभ्यास गरिरहेका छन् । जिल्ला बाल सञ्जाल गठनका लागि लोकतान्त्रिक अभ्यासमार्फत् आफ्ना अधिकार उपयोग गरी अध्यक्ष चयन गरेका छन् । सतहबाट नै लोकतान्त्रिक अभ्यास सिकाउने उद्देश्यले यहाँका बालबालिकालाई लोकतान्त्रिक पद्धतिबाट निर्वाचन गरी नेतृत्व चयन गरिएको शिक्षा तथा समन्वय विकास एकाई मनाङका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार विद्यालयस्तरको सिकाइले भविष्यमा सहज बनाउनेछ । बालबालिकाको अधिकार उपयोगमा सहयोग पु¥याउने उद्देश्यले लोकतान्त्रिक अभ्यासमार्फत कार्यक्रम गरिएको सामाजिक विकास कार्यालय मनाङका प्रमुख नारायणप्रसाद बाँस्तोलाले बताए… पुरा पढौ

मौलिकता संरक्षणमा व्यास नगरपालिका

डुम्रे । चार वेद अठार पुराणका रचयिता भगवान् वेदव्यासको जन्मभूमिबाट नै नामकरण भएको व्यास नगरपालिका मौलिकता संरक्षणमा जुटेको छ । नगरपालिकाभित्रको मौलिकता संरक्षणका लागि ‘व्यास नगर प्रज्ञासभा’ गठन गरेको छ । व्यास नगर प्रज्ञासभा प्रतिष्ठान ऐन २०७९ अनुसार विसं २०८० चैत २२ गते बसेको नगरपालिकाको कार्यापालिका बैठकबाट ‘व्यास नगर प्रज्ञासभा’ गठन गरी मौलिकता संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउन लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिकाभित्रको मौलिकता संरक्षणमा सम्बद्ध सम्पूर्ण विधालाई समेटेर प्रज्ञासभा सदस्य मनोनयन गरी नगरपालिकाको मौलिकता संरक्षण… पुरा पढौ

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

गलेश्वर । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागवेनीलगायतका क्षेत्रमा आएका छन् । पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका बेनीको प्रवेश नाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ । म्याग्दीको पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक जाने गरेका घोडेपानीका होटल व्यवसायी मिना… पुरा पढौ

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

चैनपुर । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए । लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले… पुरा पढौ

होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण

पोखरा । होमस्टे महासंघ गण्डकीको सात दिने प्रशिक्षक प्रशिक्षण आइतबारदेखि पोखरामा शुरु भएको छ। उक्त प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले होमस्टे संचालकहरूको स्थानिय पर्यटन प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रबर्द्धनका काममा योजनाबद्ध तवरले लाग्न आग्रह गरे । पौडेलले स्थानिय उत्पादनको प्रयोगमा जोड दिन आग्रह गर्दै स्थानिय कला संस्कृतिको पहिचान ,संरक्षण र प्रचार प्रसार संगै स्थानिय गन्तव्यहरूको उचित सम्भार र बिकासका कार्यक्रम संचालन आजको टड्कारो आबश्यकता भएको भन्दै स्थानिय तहहरूले… पुरा पढौ

महेन्द्र मा.वि.मा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्व शिक्षक समाजसेवी स्व.गोविन्दप्रसाद पौडेल र उहाँका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको स्मृतिमा परिवारजनका तर्फबाट विद्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरिएको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष रकमको ब्याजबाट प्रोत्साहन छात्रबृत्ति प्रदान गरी विद्यालयले सञ्चालन गर्ने उक्त अक्षय कोषको संरक्षक बेदकुमारी पौडेल रहनुभएको छ भने संस्थापकद्वयमा महेश पौडेल र सुजनबाबु पौडेल रहेका… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डका लागि चार विधामा नोमिनेसन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस अवार्ड–२०८० को नोमिनेसन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८० को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो । मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस अवार्ड–२०७८ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का… पुरा पढौ

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद् गठनसँगै पदस्थापन गरिएको छ । प्रजातान्त्रिक पद्धतिबाट विद्यार्थीद्वारा मतदान गरेर निर्वाचित भएको परिषद्को सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको विद्यालयका नेपाली शिक्षक अमृत घिमिरेले जानकारी दिए । पदस्थापन कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले परिषद्को सफल कार्यकालको शुभकामना व्यक्त गरे । विद्यार्थीको गहना अनुशासन भएको उल्लेख गर्दै उनले शैक्षिक र सहक्रियाकलापसँगै विद्यालयमा सुन्दर वातावरण सिर्जना गर्न परिषद्को महत्त्वपूर्ण भूमिका हुनेमा जोड… पुरा पढौ