समाचार

हाम्रो बहुउद्देश्यीय सहकारीको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन

पोखरा । पोखरा महानगर पालिका वडा नं ८ न्युरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले विहिबार २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा “रक्तदान” कार्यक्रमको आयोजना गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले पहिलो रक्त दाता तथा शेयर सदस्य पवित्रा मणि भण्डारीलाई बलड ब्याग हस्तारन्तरण गरि सुभारभ्भ गरिएको थियो… पुरा पढौ

मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी

पोखरा । नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्षमा अनोक पुलामीमगर सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न २३ औं क्याम्पस अधिवेशनबाट उपाध्यक्षमा इन्द्रा थापामगर, सचिवमा कविता घर्तीमगर, सह–सचिवमा देवुजंग बुढाथोकीमगर र कोषाध्यक्षमा कामना थापामगर सर्वसम्मत रुपमा चयन भएका हुन् । त्यसैगरी, सदस्यहरूमा जीवन आलेमगर, सरिता मगर, दिनेश थापामगर, सूर्य श्रीसमगर, तेजसरा रानामगर, धनमाया घर्तीमगर, सम्झौता सप्लाङ्गीमगर, शर्मिला सिंजालीमगर चयन भएका हुन् । त्यस्तै, विमल रानामगर, सुष्मा थापामगर, भावना थापामगर, सविना थापामगर, दिया रानामगर, मुस्कान थापामगर, सिर्जना घर्तीमगर, कदमकुमारी… पुरा पढौ

कास्कीमा एसईई उत्तर पुस्तिका परीक्षण स्थगित

पोखरा । १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको छ । कास्कीमा उत्तरपुस्तिका परीक्षण गर्र्दै आएका शिक्षकहरुले कापी परीक्षणको पारिश्रमिक समयानुकूल वृद्धि गर्नुपर्ने मागसहितको ध्यानाकर्षण पत्र पेस गरेर कापी परीक्षण स्थगित गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यलाई उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आम कस्केली शिक्षक समूहका संयोजक छविराज पौडेलले शिक्षकका… पुरा पढौ

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो । यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने… पुरा पढौ

सहारा एकेडेमीमा यू—१४ फुटबल प्रशिक्षण सम्पन्न

वैशाख १२ पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा “खेल्छ गण्डकी” मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा १७ दोविल्लास्थित सूर्य बहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई बुधबार एक समारोहका बिच सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लवका अध्यक्ष केशवराज बरालले बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया, सहारा क्लवका… पुरा पढौ

सहारा क्लवले वर्ष उदीयमान खेलाडी पुरस्कार प्रायोजन गर्ने

वैशाख १२ पोखरा । पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई यस बर्ष पनि सफल पार्न सहयोग गर्ने भएको छ । सहारा क्लवबाट उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी बुधबार सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा आयोजित उक्त सम्झौता कार्यक्रममा क्लवका अध्यक्ष केशवराज बराल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता कार्यक्रममा सहारा… पुरा पढौ

लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा । पोखराको लेखनाथमा वैशाख दोश्रो साता चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा यहि बैशाख १४ र १५ गते चौंथो संस्करणको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा मेन्स डबल्स ए लेभल, मेन्स डबल्स सि लेभल, मेन्स डबल्स भेट्रान्स र वमेन्स डबल्समा प्रतिश्पर्धा हुने खेल संयोजक राम बहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा ए लेभल मेन्स डबल्समा प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ४१ हजार, २२… पुरा पढौ

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

वैशाख १२ काठमाण्डौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता अनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी… पुरा पढौ

महोत्तरीको मटिहानीमा भिषण आगलागी, ९२ घर जलेर नष्ट

वैशाख १२ महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए । “आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन”, प्रहरी नायव उपरीक्षक जैसवारले भने । आगलागीबाट… पुरा पढौ

स्याङ्जाको आँधिखोलामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

पोखरा । नेलम्बो नेपालको आयोजनामा स्याङ्जाको आँधिखोला गाउँपालिकामा आयोजना गरिएको ३ दिने निःशूल्क स्वास्थ्य शिविरमार्फत एक हजार बढी लाभान्वित भएका छन् । आँधिखोला गाउँपालिकासँगको सहकार्यमा आयोजित शिविरबाट एक हजार २९ जना लाभान्वित भएका हुन् । शिविरको समापनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले नेलम्बोले पालिकाबासिको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरेकोप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा स्वास्थ्यसँग सम्बन्धी कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नेलम्बो नेपाल र आँधिखोला गाउँपालिका बीचको सम्बन्ध प्रगाड… पुरा पढौ