समाचार

पोखरा – ६ मा सिप तथा आयमुलक तालिम सम्पन्न

वैशाख १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ६ को आयोजनामा ५ दिने सरसफाईका सामाग्री बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा सरसफाईका सामान साबुन, सर्फ, भाडा धुने झोल साबुन तथा आयमुलक ५ दिने व्यवसायिक तालिम आज सकिएको हो । वडाभित्रका अल्पसंख्यक, दलित तथा निम्न आय भएका वेरोजगार तथा गृहणीलाई लक्षित गर्दै आयोजना गरिएको तालिमबाट ८० जना लाभान्वित भएको वडा कार्यालयले जनाएको छ । “प्लान स्टार सानो संसार” काठमाण्डौंले सहजीकरण गरेको तालिममा सहभागी प्रशिक्षार्थीलाई दुई समुहमा विभाजन गरेर… पुरा पढौ

पुस्तक दिवसका अवसरमा र्‍याण्डम रिडर्स सोसाइटीमा पुस्तक साटासाट

वैशाख १२ पोखरा । र्‍याण्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे । युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो । कतिपयले पुस्तक देख्न… पुरा पढौ

गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा

वैशाख १२ पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यस बारेमा पष्ट्र पारे । ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ उनले भने । २०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव : वैशाख २९ मा पाँच किमि सडक दौड आयोजना गर्ने

वैशाख १२ पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो २९ गते पाँच किलो मिटर छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । गत २० मंसिरमा ७५ वर्षमा पदार्पण गरेको विद्यालयले आउदो २० मंसिर ०८१ सम्मको एक वर्षमा विविध कार्यक्रम गरि हीरक महोत्सव मनाउने घोषणा गरे अनुसार ‘राष्ट्रिय मावि हीरक महोत्सव पाँच किलो मिटर छात्र/छात्रा सडक दौड’ नाम दिएर प्रतियोगिता आयोजना गर्न लागेको हो… पुरा पढौ

२४५ जनालाई रोजगारी दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

पोखरा, बैशाख १२ बेरोजगार २४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सम्पन्न भएको हो । मेलामा रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाका व्यवसाय प्रवद्र्धन केन्द्रका १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयका १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका ८० जना र आर्थिक विकास… पुरा पढौ

पोखरामा बस र स्कुटर ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु

पोखरा । पोखरामा बससंग स्कुटर ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पोखरा- १४ चाउथेमा आज उक्त दुर्घटना हुदा सोही स्थानका १९ बर्षकी खुशी प्रधानको मृत्यु भएको हो । पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ प १३३८ नं. को बस र सोही दिशा तर्फ जादै गरेको ग २४ प ३२९५ नं. को स्कुटर ठक्कर खाँदा स्कुटर पछाडी बसेकी प्रधान घाईते भएकी थिईन् । उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी… पुरा पढौ

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

वैशाख १२ काठमाण्डौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा नेपाल र कतारबीच कला… पुरा पढौ

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँमा पसे

गलेश्वर । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट… पुरा पढौ

स्वरोजगार प्रवर्द्धन गर्न पोखरा-१३ द्धारा युवालाई तालिम प्रदान

गण्डकी । रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । ‘सीप सिकौँ, दक्ष बनौँ’ भन्ने नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उनले बताए । तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम… पुरा पढौ

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा रु ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष चक्र केसीले बताए । “बेनी र गलेश्वर आउने पर्यटक तथा भक्तजनको बसाइ लम्ब्याउने उद्देश्यले ढोलठानामा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको हो”, उनले भने, “गलेश्वरदेखि घतान हँुदै ढोलठाना जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार… पुरा पढौ