समाचार

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषदमा आइतबार खेल संघहरु संग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको छ । परिषदले सबै खेल संघहरुलाई बैशाख भित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न भनेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस… पुरा पढौ

लक्ष्मी माविमा भुपू विद्यार्थी एशोसियसन गठन

चैत १८ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको लक्ष्मी माविमा भुपू विद्याथीहरुको भेलाले एशोसियसनलाई पुर्न गठन गरेको छ । एशोसियन गठन भएर पनि सुसुप्त अवस्थामा रहेको र समितिका केही सदस्यहरु वाहिरी रहेकाले समितिलाई पुर्णता दिनका लागि सस्थापक तदर्थ समितिका संयोजक गोविन्द भण्डारीको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो । विद्यालयका प्रधानाध्याक जगनाथ अधिकारीको अध्यक्षतामा भएको भेलाले समितिलाई सक्रिय बनाउदै वि स २०४८ साल देखिका भुपू विद्यार्थीहरुलाई समेट्ने गरि समितिलाई पुर्णता दिएको हो । नवगठित समितिको सह… पुरा पढौ

कास्कीको अन्नपूर्ण–४ भदौरे सल्लाघारीमा जीप दुर्घटना, २ को मृत्यू, १० घाईते

पोखरा, चैत १८ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग।१ज।५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको सल्लाघारी नजिकैको थामडाँडामा आज दिउँसो ३ः३० बजे दुर्घटनाहुँदा २ जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा पोखरा९२३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यू भएको कास्कीका निमित्त प्रहरी प्रवक्ता सूर्यबहादुर थापा मगरले जानकारी दिए । दुर्घटनामा अन्य १० जना घाईते भएको उनले बताए । घाईतेहरुको उद्धार गरि… पुरा पढौ

‘अटीजम भएका बालबालिकालाई समावेशी शिक्षा

पोखरा, चैत १८ अटीजम भएका बालबालिकाहरुलाई विशिष्ट तथा समावेशी शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । अटीजम केयर सोसाइटी गण्डकीको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले अटीजम भएका बालबालिकाहरुलाई सामाजिकीकरण गर्नका लागि विशिष्ट र समावेशी शिक्षाको आवश्यक्तामा जोड दिएका हुन् । कार्यक्रममा प्रस्तुतीकरण दिदै अटीजम केयर सोसाइटी गण्डकीका अध्यक्ष मुकुन्द लम्सालले अटीजम भएका बालबालिकाहरुलाई छुट्टै शिक्षा दिदा उनीहरु सामाजिकीकरणपनि नहुने र बौद्धिक स्तरपनि कमजोर हुने बताए । ‘त्यसैले उनीहरुका लागि विशिष्ट र समावेशी शिक्षा आवश्यक छ’–उनले भने । तर नेपालमा यसको अभ्यास… पुरा पढौ

आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन मन्त्री मनाङेको निर्देशन

पोखरा, चैत १८ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा आईतबार पोखरामा भएको मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरुको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले अबदेखि आफ्नै सवारी साधन वा ट्रायल दिने व्यक्तिको सहमतिमा उपलब्ध साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । गण्डकीमा हालसम्म आफ्नो सवारी साधन वा आफूले रोजेको सवारी साधनबाट ट्रायल दिने व्यवस्था छैन । हाल टेण्डर गरी… पुरा पढौ

मादीमा तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि..

कास्की । मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् । बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ । सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको… पुरा पढौ

राम्चे–मैदान ग्रामिण सडकको निर्माणकार्य तिव्र

पोखरा । वर्खायाम नजिकिदै आउँदा पोखरा महानगर पालिका वडा नं. १९ मा स–साना योजनाका निर्माणले गति लिएका छन । वडा तथा महानगर स्तरिय टुक्रे योजना असार मसान्त अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले कामलाई तिव्रता दिएका हुन् । वर्षायाममा काम गर्न समस्या हुने तथा निर्माण सामाग्री ढुवानीमा समेत समस्या हुने भएपछि समितिको क्रियाशिलता बढेको वताईएको छ । पोखरा महानगर पालिकावाट विनियोजित रकमवाट घार्मीको राम्चे, काउलेपानी हुदैं मैदान जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ । केही समय… पुरा पढौ

नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण

पोखरा । नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढु·ामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए । ‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सुझाव, ११ उपसमिति निर्माण

पोखरा । आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै सबैले… पुरा पढौ

नागरिक आरोग्य समिति कास्कीको आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताएका छन् । स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उनले आग्रह गरे । गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख भट्टले यस्तो बताएका हुन् । योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश प्रमुख भट्टले आफूपनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको… पुरा पढौ