समाचार

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर,मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा… पुरा पढौ

‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा

पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनद्वारा विद्यार्थीलाई सहायता सामग्री हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।क्लबको वार्षिक कार्ययोजनानुसार स्याङ्जाको भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष हरि भाटसहितका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक दीपक रानाभाटलाई विद्यालय पोशाक, स्टेशनरी, पुस्तकलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि क्या. हुमबहादुर रानाभाटले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावक सचेत हुनुपर्नेमा धारणा राखे । रानाभाट, भाट समाज जिल्ला समिति स्याङ्जाका अध्यक्ष लालबहादुर रानाभाटले सामुदायिक विद्यालयका… पुरा पढौ

सहकारी दिवसमा बाटुलेचौरको कालिका मन्दिर परिसरमा सरसफाई

पोखरा । पोखराको बाटुलेचौरमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल कालिका मन्दिर परिसरमा सरसफाई गरिएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्री गाउँ विकास समाज सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा मन्दिर परिसरमा रहेको फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । कुहिने र नकुहिने फोहरलाई वर्गिकरण गरी व्यवस्थापन गरिएको हिमालय क्लवका पुर्व अध्यक्ष मोहन वहादुर थापाले जानकारी दिए । सहभागीले जथाभावि फोहर नफाल्न र धार्मिक क्षेत्रलाई शोभायमान वनाउन आग्रह गरेका थिए । यस अघि सहकारी संस्थाका अध्यक्ष कर्ण वहादुर खड्कालाई… पुरा पढौ

म्याग्दीका वनमा डढेलो : जैविक र पर्यावरणीय क्षति बढ्दै

गलेश्वर । चैत लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा आगलागी भएपछि हराभरा वनजङ्गल उजाड भएका छन् । जङ्गलमा आगलागी भएपछि जैविक तथा पर्यावरणीय क्षति भएको छ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन, धारा र छिस्वाङ सामुदायिक वन तथा मालिका गाउँपालिका–६ को दुखु खोवाङ सामुदायिक वनमा आइतबार साँझदेखि लागेको डढेलो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । चैत पहिलो सातादेखि जङ्गलमा भएको आगलागीबाट पाखामा देखिने वसन्तको रमणीय दृश्य अहिले त्रासलाग्दो बनेको छ । वनजङ्गलको स्वरुप देख्दा निराशा मात्र पैदा हुन… पुरा पढौ

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराईसकेकी छिन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा… पुरा पढौ

भदौरेमा सडक दुर्घटनाः मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छन् । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै थिए । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकोले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा… पुरा पढौ

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर देखिएको डाडागाउँका टुकमान जुग्जालीले बताए । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो”, उनले भने, “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज भएको छ ।” पदमार्ग बनेपछि बिम र डाँडागाउँमा तीन सय परिवार लाभान्वित भएका… पुरा पढौ

पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि, अन्य इन्धनको भाउ यथावत्

चैत १८ पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । सोमबारदेखि लागु हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर मूल्य रु ४ वृद्धि गरेको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४।७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । मूल्य बढेसंगै अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्ने भएको छ । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

लक्ष्मी माविमा भुपू विद्यार्थी एशोसियसन गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौंस्थित लक्ष्मी माविमा भु.पू विद्याथीहरुको भेलाले एशोसियसनलाई पुनःगठन गरेको छ । एशोसियन गठन भएर पनि सुसुप्त अवस्थामा रहेको र समितिका केही सदस्यहरु बाहिर रहेकाले समितिलाई पुर्णता दिनका लागि संस्थापक तदर्थ समितिका संयोजक गोविन्द भण्डारीको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो । विद्यालयका प्रधानाध्याक जगनाथ अधिकारीको अध्यक्षतामा भएको भेलाले समितिलाई सक्रिय बनाउँदै वि.स २०४८ साल देखिका भुपू विद्यार्थीहरुलाई समेट्ने गरि समितिलाई पुर्णता दिएको हो । नवगठित समितिको सह संयोजकमा रोहित वराल,सचिवमा गगंधर वराल,कोषाध्यक्षमा… पुरा पढौ