समाचार

फेवा महोत्सवको तयारी तीव्र, तीन लाखले अवलोकन गर्ने अनुमान

चैत १९ पोखरा । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटक र स्थानीय आगन्तुक गरी तीन लाखले सहभागिता जनाउने अनुमान गरिएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म सडकमा नै आयोजना गर्ने महोत्सवलाई भव्य बनाउन तयारीलाई तिव्रता प्रदान गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड… पुरा पढौ

गण्डकीको दोश्रो पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदर ८ प्रतिशत, गरिवी ८ प्रतिशतमा झार्ने

पोखरा, चैत १९ गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना तर्जुमा गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी ५ वर्षका लागि तयार पारेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । देशको सोह्रौं राष्ट्रिय योजनाको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउने र कार्वन तटस्थ, समावेशी, दीगो तथा उत्थानशील अर्थतन्त्र निर्माण गरी प्रदेश समुन्नतीको आधारशीला तयार पार्ने उद्देश्यले बनाइएको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’को सोंचसहितको योजना तर्जुमा गर्ने आयोगका… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण… पुरा पढौ

पोखरामा निर्माण ब्यवसायीलाई भुकम्प प्रतिरोधात्मक तालिम

लेखनाथ । लेखनाथ निर्माण ब्यवसायि समितिले ब्यवसायि मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम प्रदान गरेको छ । भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंहिताको पुर्ण रुपले पालना गर्नका लागि सहयोग पु््ग्ने गरि मजदुरहरुलाई गुणस्तरिय निर्माणका वारेमा ब्यवहारिक र प्रयोगात्मक तालिम दिईएको हो । गत मंगलवार देखि सुरु भएको तालिममा १६ जना नयाँ र ४० जना पुराना ब्यवसायिका लागि पुनर्ताजकी सम्वन्धि तालिमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरेन्द्र पौडेलले तालिमबाट सिकेका कुरालाई जिम्मेवारी पुर्वक वास्तविक… पुरा पढौ

बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको विकल्पमा कपडाको झोला

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ ९झोला० बनाउने तालिम प्रदान गरिएको छ । नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान र सीप प्रदान गरिएको हो । नगर उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाइ, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि प्लास्टिकलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताए । “नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउन तयारी थालेको… पुरा पढौ

एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवाँैं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे। बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका… पुरा पढौ

बागलुङ र गुल्मी जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज

ढोरपाटन । दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तम्घास–सिमलटारी सडक आयोजना कार्यालय गुल्मीमार्फत निर्माण भएको उक्त पुलले स्थानीयको दैनिकी नै बदलिदिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको रु सात करोडमा उक्त पुल निर्माण गरिएको हो । विसं २०७४ असोज २९ मा सम्झौता भएर काम सुरु भए पनि गत वर्ष फागुनमा सकिएको इञ्जिनियर… पुरा पढौ

जलवायु परिवर्तनको असरः हिउँ रहे पो हिमालचुली !

गण्डकी । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । “हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उनले भने, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल… पुरा पढौ

तनहुँको भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा… पुरा पढौ

कालिका गण स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरीद्बारा रक्तदान

पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । गणले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो । २०६६ चैत्र १९ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरु संग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान गरी सप्ताहब्यापी विभिन्न कार्यक्रम संचालन गरेको थियो। कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको… पुरा पढौ