समाचार

गण्डकीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमः गोरखाको चुमनुब्रीलाई जोड्न डिपीआरु तयार

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । प्र्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो । त्यसयता हरेक आवको बजेट र कार्यक्रममा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ले प्राथमिकता पाउँदै आएको छ । बहुवर्षीय आयोजनाअन्तर्गत सडक… पुरा पढौ

सहारा एकेडेमीमा थप १७ जना बालकको खोजी

पोखरा । पोखराको सहारा क्लवले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटवल एकेडेमीमा थप १७ जना बालकलाई व्यबस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो व्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लवले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लवले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य… पुरा पढौ

म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

चैत १२ म्याग्दी । म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पु¥याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण… पुरा पढौ

आइकिडो आइकिकाईको पाँचौं सेमिनार सम्पन्न

काठमाण्डौं । आइकिडो आइकिकाई संघ नेपालको आयोजनामा पाँचौं अन्तराष्ट्रिय सेमिनार काठमाण्डौंमा सम्पन्न भएको छ । शनिबार र आइतबार गरि दुई दिनसम्म काठमाण्डौंमा सञ्चालन भएको जापानीज आत्मसुरक्षा मार्सल आर्टका रुपमा परिचित सेमिनारमा जापानको काइकिडो प्रधान कार्यालयका गुरु शासाकी सिहानले सहजिकरण गरेका थिए । यसअघि संघले पहिलो सेमिनार पोखरामा र त्यसपछिका सेमिनार काठमाडौंमा सञ्चालन हुँदै आएको सेमिनारमा जापान, नेदरल्यान, फ्रान्स, सिंगापुर लगायत नेपालका खेलाडीहरूको सहभागिता रहँदै आएको संघका सचिव तथा प्रशिक्षक बिनयकुमार श्रेष्ठले जानकारी दिए । आइकिडो खेल १४० देशमा १७ लाख… पुरा पढौ

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति शुरु, ३३ जनाले लिए अनुमति

चैत १२ काठमाण्डौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको… पुरा पढौ

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

चैत १२ धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनले बताए । नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकुल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताए । आज… पुरा पढौ

खेलकुदका कार्यक्रमलाई छरितो बनाउन परिषद गण्डकीको परिपत्र

पोखरा । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ । परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताहरुको पटयार लाग्दा भाषणहरु छोट्याउन आग्रह गरिएको हो । खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माले हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत… पुरा पढौ

‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान सञ्चालनमा

गोरखा । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ । पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिकस्वरुप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए। विद्यालयभन्दा बाहिर कोही पनि बालबालिका रहन नदिने गाउँपालिको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ । “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानका लागि पनि गाउँपालिकाले थप योजना… पुरा पढौ

पदयात्रा र घरवाससँग जोडिदै ठूलास्वाराको पर्यटन

गण्डकी । प्राग ऐतिहासिककालको झल्को दिने खालका ठूलाठूला ढुङ्गा, गाउँको शिर माझथुममा परम्परागत ढिकी जाँतो र पर्खालका अवशेषलगायत कारण मादी गाउँपालिका-५ स्थित ठूलास्वाराको छुट्टै पहिचान स्थापित हुँदै गएको छ । ठूलो सङ्ख्यामा गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा अन्य जातजातिका मानिस प्राचीनकालदेखि आपसी सद्भाव र एकता कायम गर्दै बसिरहेका छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहेको प्रकृति र संस्कृतिले सम्पन्न यो गाउँ तत्कालीन बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक क्षेत्रमा पर्ने भएकाले यसलाई पदयात्रा पर्यटनसँग जोड्दै विकास गर्ने योजना… पुरा पढौ

फेवा महोत्सवलाई साथ र सहयोग रहने प्रतिवद्धता

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म आयोजना गर्ने तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुची समेतलाई ख्याल गरी कार्यक्रमहरु पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटक दौड र संभव भएसम्म डुंगा दौड… पुरा पढौ