समाचार

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

ढोरपाटन । कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो । सर्वोच्चको आदेशपछि नदी किनारमा बालुवा उठाउँदै आएका तीन सय मजदुर बेरोजगार भए । अहिले पनि प्रहरी प्रशासनको आँखा छलेर कालीगण्डकी निरन्तर दोहन भइरहेको छ । कालीगण्डकीको दोहन नरोकिएपछि मजदुरले आफूहरुले पनि बालुवा निकाल्न पाउनुपर्ने आवाज उठाउँदै आएका छन् । विसं २०७८ असार २९ गतेको सर्वोच्चको आदेशपछि काली किनारमा बालुवा चाल्न र गिटी कुट्न छाडेका मजदुरले कामविहीन बन्नुपरेको गुनासो पोख्दै आएका छन् ।… पुरा पढौ

आज मधेसमा होली मनाइदै

काठमाडौ । आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।।।’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ । सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उनको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उनले भने । होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । त्यस्तै, ठूलाबढाको हातबाट अविर… पुरा पढौ

जेसिआई पोखरा लेडीको ईन्टरपर्सनल रिलेसनशिपका विषयमा अन्तरक्रिया

पोखरा । जेसिआई पोखरा लेडीको अन्तरपर्सनल रिलेसनशिपका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेसिआई पोखरा लेडीका बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयालको अध्यक्षतामा आज पोखरामा संस्थाका पुर्बअध्यक्षहरुसंग उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नवआगन्तुक जेसिजहरु तथा पुर्बअध्यक्षको अनुभब र तत्कालिन अबस्थामा पोखरा लेडी जेसिजको गरीमा र गौरबमय इतिहासको बारेमा महत्वपुर्ण छलफल गरिएको थियो । कार्यक्रममा जेसिआई पोखरा लेडीका पुर्व अध्यक्ष तथा जेसिआई पोखरा लेडि बर्ष २०२१ का अध्यक्ष कमला शर्मा कडेल ,जेसिआई पोखरा लेडी बर्ष २०१९ का अध्यक्ष… पुरा पढौ

पोखरामा पर्यटकलेपनि मनाए होली

पोखरा, चैत ११ रंगहरुको पर्व होलीमा पर्यटकपनि रमाएका छन् । नेपालीले मनाउने रंगहरुको पर्व होलीमा पोखरा घुम्न आएका पर्यटकहरुपनि रमाएका हुन् । यूके, अमेरिका, अष्ट्रेलिया, चीन, भारतबाट आएका पर्यटकहरु आपसमा रंग दलेर ‘ह्याप्पी होली’ भन्दै रमाए । उनीहरु नेपालीले आयोजना गरेको होली कार्यक्रम, कन्सर्टलगायतमा सहभागिहुँदै सांगीतिक माहोलमा झुमेकोसमेत देखिए । होलीको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सांगीतिक कलाकार संघले पोखराको लेकसाईडस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिभल आयोजना गरेको छ । त्यसबाहेक लेकसाईडको… पुरा पढौ

स्थापना दिवसको अवसरमा धादिङ त्रिपुरा बाराही महिला समूहद्वारा सहयोग

धादिङ त्रिपुरा बाराही महिला समूहले पोखरा–१२ काहुँभञ्ज्याङस्थित मदर टेरेसा होममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । समूहकी अध्यक्ष बबीता मल्ल इटनीको नेतृत्वमा होममै पुगेको टोलीले कपडा, खाद्यान्न र फलफूल सहयोग गरेको हो । सबै सामग्री ३५ हजार रुपैयाँ बराबरको रहेको अध्यक्ष मल्लले बताइन् । स्थापना दिवसको अवसर पारेर उक्त सहयोग गरिएको समूहकी सहकोषाध्यक्ष एव‌ संयोजक रेञ्जु थापाले बताइन् । समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् । समूहले स्थापनाकालदेखि नै यस्तो प्रकारको रचनात्मक कार्य… पुरा पढौ

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

चैत १० काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए । कांग्रेसले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल

चैत १० काठमाण्डौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको सो छलफलमा उनले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिए । सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ गते जनवादी गणतन्त्र चीनको… पुरा पढौ

पोखरमा एकदिने जापानीज मार्सल आर्ट आइकिडो ट्रेनिङ्ग सम्पन्न

पोखरा । पोखरामा एकदिने जापानीज मार्सल आर्ट आइकिडो ट्रेनिङ्ग सम्पन्न भएको छ । जापानीज मार्शल आर्ट आईकिडो ,रोटर्याक क्लव अफ पोखरा गण्डकी मेडिकल कलेज ( जीएमसी ) को संयुक्त आयोजनामा एकदिने जापानीज मार्शल आर्ट आइकीडो ट्रेनिङ्ग शनिबार २२ जना मेडिकल विद्यार्थीहरुको साथमा सम्पन्न भएको हो । गण्डकी प्रदेश पोखराका मुख्य प्रशिक्षक तथा आईकिडो आइकिकाई संघ नेपालका सचिव विनय श्रेष्ठको सहयोगमा भएको ट्रेनिङ कार्यक्रममा आइकिडो खेल प्रति विशेष चासो लिने विद्यार्थीहरूको सहभागीता थियो । आत्मसुरक्षाको स्पोर्ट्स भएकोले आइकिडो खेल प्रति सबै… पुरा पढौ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

चैत १० धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो । नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजातिको अध्यक्षमा जीत गुरुङ

चैत १० पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका… पुरा पढौ