समाचार

‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने

गण्डकी । बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय वर्ष पुरानो ऐतिहासिक महत्वको उक्त घर संरक्षणका लागि ‘गो फन्ड मी’ खातामा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको हो । सबै जातजाति तथा भाषाभाषीको अपनत्व हुने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्यसहित ‘गो फन्ड मी’ अभियान चलाइएको परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले बताए… पुरा पढौ

रुपातालको किनारमा लाग्दै आएको शताब्दीऔँ सिष्ठेनी मेलालाई निरन्तरता

कतै मन्दिर चिसापानी, कतै भैरव कोट ।तालैमुनि सिमल काँडे, कमल फूलको बोट ।। गण्डकी । पर्यटकीय नगर कास्कीको पोखरा महानगरपालिका–३२ रुपातालको किनारमा लाग्दै आएको सिष्ठेनी मेलासँग यो गीतले प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीयवासी सीतादेवी अधिकारी बताउछन् । । चैते दसँैंका समयमा लाग्ने सिष्ठेनीको मेला झण्डै ६ सय वर्ष पुरानो भएको बताइन्छ । यसको महिमा र गरिमा परापूर्व कालदेखि नै रही आएको उनले बताए । यहाँ नजिकैको चिसापानी, शिरमा रहेको कोट भैरव मन्दिर, तालको किनारामा रहेका सिमल काँडेदेखि कमलका फूलसम्मले यहाँको मौलिकतालाई… पुरा पढौ

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्री गिरीसँग पर्वतका स्थानियको माग

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा छन् । उनी आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन् । मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन् । पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, पूर्वअध्यक्ष राजु पौडेल र कार्यक्रमका सहभागीको एउटै… पुरा पढौ

पोखरामा तेश्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिसको तयारी सुरु

पोखरा  । पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने कास्की टेनिसका सचिब नविन श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य… पुरा पढौ

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित

जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो । ‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्वाधार मूल आधार’ भन्ने नारालाई आत्मसात् गर्दै १८ दिन शिविर सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार एलोपेथिक सेवाअन्तर्गत तीन हजार ३८ र आयुर्वेद उपचारतर्फ आठ सय ७८ जनाले सेवा लिएका छन् । त्यसैगरी कृषि… पुरा पढौ

लायन्स क्लव लेखनाथको २०२४÷२५का लागि नयाँ समिति

लेखनाथ । लायन्स क्लव अफ लेखनाथको २५ औ साखा अधिवेशनले वर्ष २०२४÷२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको छ । लायन्सको विधि विधान अनुसार तिन महिना अगाडी नै नयाँ समिति चयन गर्नु पर्ने नियम अनुसार वि स २०८१ को असारबाट लागु हुने गरि पुर्व प्रहरी तथा ब्यवसायिक कृष्ण तिमिल्सेनाको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ समिति चयन गरिएको हो । निर्वाचन प्रक्रियाबाट छनोट भएको समितिको प्रथम उपाध्यक्ष डा.गृष्म मोहन भट्टराई,द्धितिय उपाध्यक्षमा बोधराज लामिछाने, तृतिय उपाध्यक्षा डम्बरूबल्लब चापागाई रहेका छन् भने… पुरा पढौ

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताइन । विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले बताइन। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ,… पुरा पढौ

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१… पुरा पढौ

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ । पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको… पुरा पढौ