समाचार

पोखरामा अनौपचारिक क्षेत्रका श्रमिकलाई बित्तीय साक्षरता कार्यक्रम

पोखरा । नेपाल बित्तिय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तिय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षणले श्रमिकहरुको दैनिक जिवनमा केहि न केहि योगदान दिने वताउँदै दिन प्रतिदिन आर्थिक कारोबारमा सर्तकता हुन सिकाउने विश्वास गरेकी थिइन् । प्रशिक्षक तथा अध्यक्ष याम बहादुर रानाभाटले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई लक्षित यस प्रकारका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैकिङ क्षेत्रमा देखा परेका समस्याको… पुरा पढौ

मन्त्री आवास निर्माणपछि हराउँदै भैँसीपाटीको सैँबु मगर गाउँको परिचय

ललितपुर । ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ यस गाउँको परिचय । सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ । शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ । नेपाल एकीकरण गर्नेक्रममा बहादुर मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै विसं १७६९ मा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा जिल्ला पीपलथोक धातथलोका जगजजित थापालाई पाँच सय रोपनी… पुरा पढौ

चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुँदै

मुग्लिन । नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन हुनुपूर्व आज बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । महोत्सवमा विभिन्न जातजातिका घर निर्माण गरिएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो । नदी… पुरा पढौ

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिराले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिए । “बेनी–घाँसा खण्डको करिब ४० किलोमिटर सडकमा १४ वटा ठूलो पहिरो पहिचान भएका छन्”, उनले… पुरा पढौ

एमाले कास्कीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा, चैत ९ गते । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी… पुरा पढौ

पोखरा स्थित बाराही माध्यमिक विद्यालयमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम

पोखरा । पोखरा ५ स्थित बाराही माध्यमिक विद्यालयमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्लब पोखराको आयोजनामा गरिएको कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशिक रक्त संचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र के.सी र यमुना के.सीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गरेका हुन् । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भण्डारीले क्लबले विद्यालयमा शैक्षिक, भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै विद्यार्थीलाई मानवीय सेवाको पुण्य कार्यमा अभिप्रेरित स्वरुप यो कार्यक्रम निकट भविश्यमा… पुरा पढौ

गण्डकीको १२ सय हेक्टरमा डढेलो

गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । “मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ”, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने । उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ । म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन… पुरा पढौ

दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन

ढोरपाटन । शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । शालग्रामलाई हिन्दू धर्मावलम्बीले भगवान्का रुपमा पुज्ने गर्दछन् । सवा लाख शालग्रामसँगै रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरमा हिजोआज भक्तजनको भीड लाग्ने गर्छ । बागलुङ–म्याग्दी–मुस्ताङ… पुरा पढौ

गलेश्वर : पौराणिकस्थलबाट धार्मिक पर्यटकीयस्थलमा परिणत

गलेश्वर । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिकस्थलबाट प्रमुख धार्मिक पर्यटकीयस्थलमा परिणत भएको छ । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । गलेश्वरमा निर्माण भएका विकासका पूर्वाधार र प्रचारप्रसारका कारण केही वर्षयता यसको महत्व बढेको र आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो आगमन हुन थालेको गलेश्वर शिवालय क्षेत्र… पुरा पढौ

चैते दसैँ मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न गरिदै

गलकोट । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ । सामान्य उज्यालोका लाइट… पुरा पढौ