समाचार

पर्यटन राजधानी नजिकैको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ

यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सक्रियता देखाएको छ । पर्यटन राजधानी आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनात्मक परिचयात्मक अवलोकन भ्रमण गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताए । ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको विकास गर्दै आएको बताउँदै उहाँले धेरै पर्यटकीय सम्भावना भएर पनि अपेक्षित प्रवर्द्धन हुन नसकेको… पुरा पढौ

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

चैत ९ काठमाण्डौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई भेटेर स्थानीय उत्पादनको एकीकृत प्रवद्र्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो । चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशन भोलि

चैत ९ पोखरा । नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुँदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको… पुरा पढौ

रेवान पोखराले स्वदेशी विदेशी सामेल गरि होली महोत्सव गर्ने

चैत ९ पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले होली पर्वका अवसरमा होली महोत्सव आयोजना गर्ने भएको छ । यस पटक होलीको दिन चैत्र ११ गते आइतबार होली पुर्णिमाको दिन अम्मट चौताराबाट होली खेल्न शुरु गरिने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए । अम्मट चौतारीमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई बाजागाजा सहित सामुहिक रुपमा होली खेल्दै गौरीघाट, बाराहीचोक, हल्लनचोक, खहरेचोकसम्म पुग्ने खेल्ने कार्यक्रम रहेको भट्टराईले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेवानले… पुरा पढौ

चपसले राख्यो सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीका दुई हलमा रिभ्यू बक्स

पोखरा । सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उदघाटन गरेका हुन् । नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताए ।… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई साहसको साथ

चैत ९ काठमाण्डौं । नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोे हो ।साहसले अवार्ड सफल… पुरा पढौ

पोखराको पुम्दीभुम्दीमा भोलि ‘पाईन खबर साँझ’ हुँदै, तयारी पूरा

पोखरा, चैत ९ पोखराको पुम्दीभुम्दीमा भोलि ‘पाईन खबर साँझ’ आयोजना हुँदैछ । ईन्द्रेणी थिएटरको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभुम्दीस्थित ईन्द्रेणी थियटरमा भोलि ‘पाईन खबर साँझ’ कार्यक्रम हुन लागेको हो । बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाको ‘पाईन खबर, घर फर्की आउनु है मेरो हजुर’ कालजयी गीतलाई थिम बनाएर कार्यक्रम गरिन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक केदार पौडेलले जानकारी दिए । भोलि अपराह्न ४ बजेदेखि हुने कार्यक्रममा पोखरेली स्वर किन्नरी हरिदेवी कोइराला गुञ्जिनेछिन् । करीब २… पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा खगराज गुटबाट बैनबहादुर, पृथ्वी सुब्बा गुटबाट ३ आकांक्षी

पोखरा, चैत ९ नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन भोलिदेखि शुरु हुने भएको छ । एमाले कास्कीको नया नेतृत्व चयन गर्नका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखराको नयाबजारस्थित प्रर्दशनी केन्द्रमा आईतबारसम्म जारी रहने अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । एमाले कास्कीको नया नेतृत्वको लागि रस्साकस्सी छ । एमाले कास्कीको आगामी कार्यकालका… पुरा पढौ

सर्वेश्वर मार्गका व्यवसाय अबदेखि शनिबारपनि खुल्ने

पोखरा, चैत ९ पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ । शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट थोक तथा… पुरा पढौ

राष्ट्रिय भलिबल : एपिएफ क्लब तेस्रो

काठमाडौँ । नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥र्यो । त्यसैगरी खेलको दोस्रो सेट भने डायमण्डले २५–२३ ले जित्दै खेललाई एक–एक सेटको बराबरीमा ल्यायो । त्यसपछिको तेस्रो र चौथो सेट भने एपिएफले… पुरा पढौ