समाचार

सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

चैत ८ काठमाण्डौं । सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन… पुरा पढौ

सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

चैत ८ काठमाण्डौं अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरे । “निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयम समितिमा पनि आएको छ”, अर्थमन्त्री पुनले भने, “निर्वाचन क्षेत्रमा न्यूनतम सन्तुलन कायम गर्नेगरी स्रोतसाधन र सीमाभित्र रहेर बजेटलाई सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ ।” उहाँले आगामी बजेटमा कृषिको आधुनिकीकरण,… पुरा पढौ

प्रहरीका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन हुने

नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् । उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिनुभएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसअघि प्रहरीद्वारा सञ्चालित… पुरा पढौ

हिलसाइडमा विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड

पोखरा। व्यावहारिक सिकाइका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिचको सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूसँगको बुधबार विद्यालयको सभाहलमा सम्पन्नअन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएका छन्। वार्षिक परीक्षा नजिकिएको समयमा शिक्षक, विद्यालय तथा अभिभावकहरूले बाबुनानीहरूका लागि गर्नुपर्ने प्रयासहरूका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूको अन्तिम मध्यावधि परीक्षाको नतिजाका बारेमा पनि छलफल गरिएको थियो। त्यसै गरी उक्त अवसरमा नयाँ… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ । यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई… पुरा पढौ

गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन

नेपाललाई विसं २०८२ भित्र ‘सहयोगापेक्षी सडक मानवमुक्त देश’ घोषणाको लक्ष्य लिएको मानवसेवा आश्रमका चार भवन गण्डकी प्रदेशमा बनिरहेका छन् । आश्रमका गोरखा, कास्की, बागलुङ र लमजुङ शाखा छिट्टै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छन् । भाडाको कोठाबाट सुरु भएको मानवसेवा आश्रमले सरकार र दाताको सहयोगमा भवन निर्माणलाई गति दिएको हो । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा, बागलुङको बागलुङ नगरपालिका–४ निरयघाट, लमजुङको बेँसीसहर नगरपालिका–९ पाखाथोक र गोरखाको गोरखा नगरपालिका–८ अर्चलेमा आश्रमको भवन निर्माणाधीन छन् । हेम्जामा रु १० करोडको लागतमा भवन… पुरा पढौ

कुश्माबजार चार दिनदेखि अन्धकार

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युत्को बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडक बत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका हुन् । वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडकबत्ती गत सोमबार काटिदिएको हो । नगरपालिकाले विसं २०७५ देखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायतको महसुल रकम पटकपटक… पुरा पढौ

पोखरामा आपत्कालीन उद्धार र राहतका लागि मानवीय सहायतास्थल

कास्की । भूकम्प, बाढीरपहिरोलगायत प्राकृतिक विपद्का बेलामा खोज, उद्धार, आपत्कालीन राहत तथा पुनःस्थापना सहज बनाउन पोखरामा मानवीय सहायतास्थल निर्माण गरिने भएको छ । यहाँस्थित पुरानो विमानस्थलभित्रको एक हजार पाँच सय वर्गमिटर क्षेत्रभित्र उक्त सहायतास्थल निर्माण अघि बढाइएको हो । आपत्कालीन राहत र उद्धारका साथै विपद्को समयमा द्रुत तथा समन्वयात्मक प्रतिकार्यलाई यसले सहयोग पु¥याउने कार्यक्रमका परियोजना प्रमुख मोती थापाले बताए। उनका अनुसार विश्व खाद्य कार्यक्रमले युरोपेली युनियनसँगको साझेदारीमा रू दुई करोड लगानीमा निर्माण सुरु गरेको सहायतास्थल आगामी चार महिनाभित्रमा सम्पन्न हुनेछ… पुरा पढौ

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताउनुभयो । उहाँले नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टिम भएको टिप्पणी… पुरा पढौ

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । “हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्”… पुरा पढौ