समाचार

सिद्धार्थ क्लवले मानव सेवा आश्रममा मनायो बार्षिकोत्सव

सिद्धार्थ क्लव, पोखराले मानव सेवा आश्रममा पुगी आफ्नो ४२ औं बार्षिकोत्सव मनाएको छ । मानविय सेवामा सर्मपित क्लवले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले क्लवले मानव सेवा आश्रम छोरेपाटन र हेम्जालाई गर्दै आइरहेको आर्थिक एवं भौतिक सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको विश्वास गर्दै आगामी दिनमा पनि… पुरा पढौ

सेनाको हेलिकप्टरबाट बागलुङकी गर्भवतीको उद्धार

रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि बागलुङ निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएको छ । मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए । “स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँको परोपकार… पुरा पढौ

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः कांग्रेस नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उनले मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरे । नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस… पुरा पढौ

वागमती प्रदेश सरकार पनि अल्पमतमा, एमाले मन्त्रीहरुद्वारा राजीनामा

वागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएसँगै बागमती प्रदेशको सरकार पनि अल्पमतमा परेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष एमालेका मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।… पुरा पढौ

४४औँ बिपी स्मृति दिवस मनाइँदै,कांग्रेसको संस्थापन र ईतर समुहद्वारा छुट्टाछुट्टै कार्यक्रम गरिदैं

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज देशका विभिन्न स्थानमा ४४औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका बिपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर… पुरा पढौ

सामाजिक कार्य गरेर होटल मजेस्टिक लेक फ्रन्टले मनायो तेस्रो वार्षिकोत्सव

पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा होटलले सोमबार रक्तदान कार्यक्रम आयोजना गरी २५ युनिट रगत सङ्कलन गरेको छ भने मंगलबार छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९१ जना आमाहरूलाई बिहानको एक छाक भोजन दान गरेको छ।होटलका अपरेसन म्यानेजर कृष्णकुमार पौडेलका अनुसार वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान र भोजन दान कार्यक्रम आयोजना गरिएको हो। होटलले अघिल्लो वर्ष दोस्रो वार्षिकोत्सवका अवसरमा पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमका आश्रित बुबाहरूलाई एक छाक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनहुँदै आएको निःशुल्क सटल बस सशुल्कमा परिणत

पोखरा, साउन ५ पर्यटकको सहजताका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको निःशुल्क सटल बस सेवा बन्द भएको छ । पोखरा महानगरपालिकाले नेपाली नया वर्षको अवसरमा गत वैशाख १ गतेदेखि हवाई यात्रुको सहजताका लागि सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा ३ महिनामै असार मसान्तबाट बन्द भएको हो । निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सञ्चालनमा ल्याएको छ । तर यो सेवा पनि लामो समय जाने नजाने अनिश्चित देखिएको छ । पोखरा… पुरा पढौ

सटल बस सेवा बन्द भएको होईन, सशुल्क भएको हो: मेयर आचार्य

पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म संचालित सटल बस सेवा बन्द नभएको स्पष्ट पारेको छ । नगर प्रमुख धनराज आचार्यले सामाजिक संजाल फेसबुक मार्फत असार मसान्तसम्म निशुल्क सेवा दिईरहेका बसहरु साउन १ गतेदेखि सशुल्क संचालनमा रहेको बताएका छन् । यसअघि पोखरा महानगरपालिका र पोखरा यातायात प्रालि बीच असार मसान्तसम्म निःशुल्क रुपमा सटल बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । नगर प्रमुख आचार्यले भने ‘निशुल्क सेवा सशुल्कमा परिणत मात्रै भएको हो, सेवा स्थगित भएको छैन ।’ हाल विमानस्थलबाट ननस्टप सशुल्क… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हटाउन सरकार बाध्य

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागु नगर्ने निर्णय गरिएको बताए । “यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम… पुरा पढौ

कीर्तिपुरमा पार्किङ गरेको अवस्थामा कार जल्दा एक जनाको मृत्यु

काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । बा ५ च ३०३८ नम्बरको सेतो कार खाली जग्गामा पार्किङ गरेको अवस्थामा जलेको हो । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । आगलागी भएको… पुरा पढौ