समाचार

कुमुदिनी होम्समा नेदरल्याण्ड्सका विद्यार्थीलाई स्वागत

पोखराकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले नेदरल्याण्ड्सबाट आएका विद्यार्थीहरूलाई स्वागतसहित सम्मान गरेको छ । विद्यालयको अवलोकन भ्रमणमा नेदरल्याण्ड्सबाट आएका कक्षा ११ र १२ का ९ जना विद्यार्थीलाई विद्यालयले बिहीबार एक कार्यक्रमका बिच स्वागत गरेको हो । भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि, नेपाली संस्कृति तथा पर्यटनका विषयमा विशेष चासो व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ‘सीआईओएस नेदरल्याण्ड्स’का नृत्य शिक्षक मारियल इगेन, जील भुट्ससहित विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले नेदरल्याण्ड्सको… पुरा पढौ

गणतन्त्रका उपलब्धिको रक्षाका लागि एकजुट हुन नेकपा संयोजक प्रचण्डको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताएका हुन् । संयोजक दाहालले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धि रक्षा गर्नुपर्नेमा जोड दिए । “कम्युनिष्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा… पुरा पढौ

पोखरामा गाडीको ठक्करबाट युवकको मृत्यु

पोखरामा हायस गाडीको ठक्करबाट एक युवाको ज्यान गएको छ । पोखरा १५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायस गाडीले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति १९ वर्षीय एक युवकको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा १५, टुटुङ्गाका सौगात भन्ने लोकबहादुर गुरूङको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनलाई राती नै नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । दुर्घटनामा परि घाइते भएका… पुरा पढौ

शिक्षामन्त्रीविरुद्ध काठमाण्डौंमा युवाहरुको प्रदर्शन, पाँच जना पक्राउ

शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध काठमाण्डौंमा युवाहरुले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। शिक्षामन्त्री सहभागी हुन लागेको थाहा पाएपछि युवाहरुले कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शन गरिरहेका मध्ये पाँच जना युवालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि… पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाईकल नियन्त्रणमा

कास्की प्रहरीले अप्रेशन ३६५ अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गरी चलाएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । गएराती पोखराका बिभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा सवारी साधन नियन्त्रणमा लिई कारवार्ही प्रक्रिया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानले जानकारी दिए । गएराती वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, ड्यामसाईड, बिरौटा, छोरेपाटन क्षेत्रबाट ११ वटा… पुरा पढौ

विवाहको उमेर २० देखि १८ वर्षमा झार्न सरोकारवालाको सुझाव

पोखरा, साउन ६ विवाहको उमेर १८ वर्षमा झार्न पोखरेलीहरुले सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशले गल्स नट ब्राइड्स (बालिका दुलही होइनन्)को सहकार्यमा बुधबार पोखरामा आयोजना गरेको ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझको प्रादेशिक परामर्श’ कार्यक्रममा सहभागीहरुले अन्र्तराष्ट्रिय कानून अनुसार नै नेपालमा पनि १८ वर्ष पुगेपछि विवाह गर्न पाउने कानूनी प्रावधान राख्न सुझाव दिएका हुन् । कार्यक्रममा  ६वटा फरक÷फरक समूह बनाएर समूहगत छलफल गराईनुका साथै प्रत्येक समूहबाट सुझाव मागिएको थियो । नागरिक समाज, राजनीतिक दल,… पुरा पढौ

समता कर पूर्ण छुट दिने सरकारको निर्णय,गणेश नेपालीको आत्मदाहबारे छानबिन समिति गठन

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क छुट दिने निर्णय गरेको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको समता कर साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । चौतर्फी विरोधपछि प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार कर खारेजीको घोषणा गरेका थिए ।बैठकले मुगुका युवा गणेश नेपालीको आत्महत्या प्रकरणबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन… पुरा पढौ

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ: नेकपा संयोजक प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउँदै संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र सङ्घीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताए । संयोजक दाहालले भने, “कठिन परिस्थितिको सामना… पुरा पढौ

सिद्धार्थ क्लवले मानव सेवा आश्रममा मनायो बार्षिकोत्सव

सिद्धार्थ क्लव, पोखराले मानव सेवा आश्रममा पुगी आफ्नो ४२ औं बार्षिकोत्सव मनाएको छ । मानविय सेवामा सर्मपित क्लवले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले क्लवले मानव सेवा आश्रम छोरेपाटन र हेम्जालाई गर्दै आइरहेको आर्थिक एवं भौतिक सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको विश्वास गर्दै आगामी दिनमा पनि… पुरा पढौ

सेनाको हेलिकप्टरबाट बागलुङकी गर्भवतीको उद्धार

रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि बागलुङ निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएको छ । मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए । “स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँको परोपकार… पुरा पढौ